0
पोखरा उपमहानगरपालिका वडा नं.९ नयाँबजारमा रहेको विश्वकर्मा अटो वक्र्सले यामाहा अल्फा स्कुटरको बुधबार पोखरामा सार्वजनिक गरेको छ । यमाहा रे र रे–जेड स्कुटरको सफलता र प्रसिद्धिबाट प्रभावित भएर एम.ए.डब्लु एन्टरप्राइजेजले यामाहा अल्फा स्कुटर बजारमा ल्याएको हो । काठमाडौंमा गत साउन २० गते सार्वजनिक गरिएको यामाहा अल्फा स्कुटरको विभिन्न ठाउँमा पनि अलग–अलग तरिकाले सार्वजनिक गरिने विश्वकर्मा अटो वक्र्सका निर्देशक सरोज श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
यामाहा अल्फा स्कुटरमा दशंै तिहारको अवसर पारेर ८ हजारको छुट दिइएको छ । देशभरिबाट यामाहा अल्फा स्कुटर खरिद गर्दा लक्की ड्र मार्फत प्रथम हुनेलाई नगद १ लाख, दोस्रो हुनेलाई ५० हजार, तेस्रो र चौथोलाई २५÷२५ हजार नगद प्रदान गरिने श्रेष्ठले बताए । यामाहा अल्फा स्कुटरको मुख्य आकर्षणको रुपमा सीट आफ्नो श्रेणीमा सबैभन्दा लामो ८०० एम.एम रहेको छ । स्कुटरमा २५० एम.एमको लेग स्पेस समेत रहेको छ । २१ लिटर स्टोरेज स्पेसमा फूलफेस हेलमेट सहित अन्य सामान पनि अटाउने बताइन्छ । ए.आर. आईका अनुसार यो स्कुटरले ६२ किलोमिटरप्रति लिटरको माइलेज दिने दावी कम्पनीको छ ।  अल्फा स्कुटर सार्वजनिक भएकै दिन ८ वटा बिक्री भईसकेको विश्वकर्मा अटो वक्र्सका निर्देशक श्रेष्ठले बताए । यामाहा अल्फा स्कुटर ५ वटा रङ्गहरु म्याजिकल म्याजेन्टा,  ग्रेसफूल ग्रे, रेडिएण्ट वाइट, ब्रिलिएण्ट ब्क्याक, र फिएरि रेडमा नेपालभरीका शो–रुममा पाउन सकिन्छ । २ वर्षको वारेण्टी सहित अल्फाको बजारमा मूल्य १ लाख ६९ हजार ९ सय रहेको छ । यामाहा अल्फा स्कुटर सार्वजनिक कार्यक्रममा पोखरादेखि हेम्जासम्म ¥याली समेत निकालिएको थियो ।

Post a Comment

 
Top