0

पोखरा भाँडा व्यवसायी संघ कास्कीले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विन्दुकुमार थापा नेतृत्वको टोलीलाई स्वागत एवं सम्मान गरेको छ । संघका अध्यक्ष कुश कार्की को अध्यक्षतामा भएको कार्यक्रममा पोउवा संघका अध्यक्ष विन्दुकुमार थापा लगायत पदाधिकारीका साथै सदस्यहरुलाई सम्मान गरिएको थियो ।
संघका अध्यक्ष कुश कार्की, प्रथम उपाध्यक्ष डिवि भुजेल, लगायतका पदाधिकारीले फूलमाला लगाई उनीहरुलार्य सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै पोउवासंघका अध्यक्ष थापाले सामाजिक उत्तरदायित्व वहन गर्न सबै संघसंस्थाहरु अघि बढ्नुपर्नेमा जोड दिए । उनले सबै उद्योगी व्यवसायी एकता गर्दै नयाँ सोंचका साथ पोउवासंघलाई अघि बढाउनुपर्ने बताए । पोउवासंघमा आवद्ध सदस्यहरुको समस्या समाधानका लागि छिट्टै हेल्प डेक्सको स्थापना गरिने समेत थापाले बताए । संघका उपाध्यक्ष डिवि भुजेलले स्वागत गरेको कार्यक्रमको संचालन सचिव नरेन्द्र आचार्यले गरेका थिए ।

Post a Comment

 
Top