0
पोखराको सृजनाचोकमा रहेको पोखरा बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन एक समारोहका बीच शनिबार सम्पन्न भयो । संस्थाका अध्यक्ष आश बहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न  कार्यक्रमको सञ्चालन संस्थाका सचिव समिरमान उदासले गरेका थिए । पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विन्दु कुमार थापा प्रमुख अतिथि रहेको थियो ।
कार्यक्रममा सिन्धुपाल्चोकको सुनकोशी नदी लगायत नेपालको विभिन्न भागहरुमा गएको बाढी पहिरोका कारण विपद्मा परेकाहरुको सहयोगार्थ नेपाल रेडक्रस सोसाईटी कास्की शाखालाई १५ हजार रुपैयाँ राहत सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले पोखराका थुप्रै व्यवसायीहरु सदस्य रहेको पोखरा बचत सहकारीसंग शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि लगायतको छेत्रमा सहकार्य गरी अघि बढ्न पोखरा उद्योग वाणिज्य संघ ईच्छुक रहेको बताए । कार्यक्रमका अर्का अतिथि एवम् कास्की बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष सुदीप ढकालले सहकारी संस्थाहरुले केवल मुनाफामुखी भएर मात्र होइन कि शेयरसदस्य प्रति सेवामुखी भावना बोकेर कार्य गर्नु पर्ने र सदस्यहरुले पनि सहकारी संस्था हाम्रै हो भनी ठान्नु पर्ने कुरामा जोड दिए ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति बामदेव ढुङ्गानाले पोखरा बचत सहकारी संस्थाले गरेको सहयोग प्रति आभार प्रकट गर्दै विभिन्न सामाजिक संघ–संस्थाहरुको गरेको राहत सहयोगलाई सम्बन्धित पीडितहरु सम्म पुर्याउन नेपाल रेडक्रस सोसाइटी कास्की लागि परेको स्पष्ट पारे ।  कुल अधिकृत पूँजि रु. सात करोड तथा चुक्ता पूँजि एक करोड ९६ लाख रहेको उक्त संस्थाको पन्ध्रौं वार्षिक साधरणसभाको बन्द–सत्रमा संस्थाका अध्यक्ष आश बहादुर गुरुङ्गद्वारा प्रस्तुत आ.व. ०७०÷०७१ को वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक शम्भुराज बास्तोलाद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष फणिन्द्र प्रसाद शर्माद्वारा प्रस्तुत आ.व. ०७०÷०७१ को लेखा परिक्षण प्रतिवेदनका साथै आ.व. ०७२÷०७३ का लागि प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट लगायतका विविध एजेण्डाहरु उपर छलफल गरी सर्वसम्मतिले पारित गरेको थियो ।
संस्थाका उपाध्यक्ष सुरेन्द बहादुर गोदारले स्वागत मन्तव्य राको कार्यक्रममा सञ्चालक समितिका सदस्य एवम् वार्षिक साधारणसभाका कार्यक्रम संयोजक फणिन्द्रराज शर्माले कार्यक्रमको उद्देश्य माथि पकाश पारेका थिए भने शेयरस विश्वेश्वर आचार्यले मन्तव्य राखेका थिए । सोही अवसरमा वि.सं.  २०६९ मा प्रवेशिका  परीक्षा उत्तीर्ण संस्थाका शेयरसदस्यहरुका छोराछोरीहरुलाई नगद पुरस्कार सहित बधाई ज्ञापन÷ सम्मान गरिएको थियो । त्यस्तै गत वर्ष भरि व्यावसायिक तथा सामाजिक क्षेत्रमा विशेष ओहदा हासिल गर्न सफल संस्थाका शेयरसदस्यहरु लक्ष्मी गुरुङ्ग, दुर्गा बहादुर थापा, पोम नारायण श्रेष्ठ, कविराज पौडेल र दामु अधिकारीलाई प्रमुख अतिथिद्वारा खादा ओढाई सम्मान गरिएको थियो । त्यसै गरी आ. व. २०७०÷०७१ का लागि शेयरसदस्यद्वय लिला पुर्जा पुन (शेरचन) र हरि बहादुर थापालाई क्रमशः वर्षको असल बचत÷ निक्षेपकर्ता र उत्कृष्ट कारोवारिक सदस्यको रुपमा सम्मानित गरिएको सोही कार्यक्रममा संस्थाको टेलर पदमा कार्यरत निर्मला गुरुङ्गलाई नगद पुरस्कार सहित वर्षको उत्कृष्ट कर्मचारीको उपाधि प्रदान गरिएको थियो । वि.सं. २०५९ सालमा स्थापित पोखरा बचत तथा ऋण सहकारी संस्थामा हाल १७ सय भन्दा बढी शेयरसदस्यहरु रहेका छन् । कास्की जिल्ला भरि कार्यक्षेत्र रहेको सहकारीले पोखरा –८ सृजनाचोक र पोखरा–९, नयाँबजार स्थित दुईवटा कार्यालयहरुबाट आफ्ना सदस्यहरुलाई सेवा पदान गर्दै आईरहेको छ । गत आ.व. मा यस संस्थाले ८२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको सहकारीले जनाएको छ ।

Post a Comment

 
Top