0
पाँचवुँदे पोखरा घोषणापत्र पारित गर्दे नेपाल मानव अधिकार संगठनको पश्चिमाञ्चल क्षेत्रिय परिषदको वैठक पोखरामा सम्पन्न भएको छ । शनिवार सम्पन्न परिषदको वैठकमा यस क्षेत्रमा रहेका चौध जिल्ला शाखा मध्ये एघार वटा जिल्लाका संयोजक तथा प्रतिनिधिहरुले आ—आफ्नो जिल्लाको मानव अधिकार प्रतिवेदन एवं जिल्लाको वर्तमान मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरुका समस्याहरु प्रस्तुत गरेका थिए । बैठकमा वोल्दै नेपाल मानव अधिकार संगठनका केन्दि«य अध्यक्ष सुदिप पाठकले आर्थिक अनियमिता गरेको सन्दर्भमा पत्रपत्रिकामा आएका समाचारहरुका सन्दर्भमा विभिन्न जिल्लाका प्रतिनिधिहरुले उठाएका जिज्ञासा हरुको वारेमा प्रष्ट पारेका थिए । केन्दि«य कोषाध्यक्ष खेमराज सेढाईं, केन्दि«य उपमहासचिव ईन्द्र प्रसाद अर्याल, केन्दि«य सदस्यहरु वैकुण्ठ न्यौपाने, नीलकण्ठ शर्मा र नरेन्द्र वास्तोलाले संगठनको भावी कार्यक्रमका वारेमा वोलेका थिए । कार्यक्रममा ‘नेपालको वर्तमान मानव अधिकारको अवस्था’ शिर्षकमा संगठनका केन्दि«य सदस्य वैकुण्ठ न्यौपानेले प्रस्तुत गरेको कार्यपत्र माथि स्याङजा सभापति तुलसी गिरी, वाग्लुङ्ग सभापति रत्न वहादुर के.सी. र गोरखा सभापति दिल वहादुर वस्नेतले टिप्पणी गरेका थिए । बैठकले ५ बँुदे पोखरा घोषणापत्र समेत जारी गरेको छ । पांचबुँदे घोषणापत्रमा संविधान निर्माण प्रक्रियालाई छिटो भन्दा छिटो निष्कर्षमा पु¥याउनुपर्ने, नेपाल पक्ष भई अनुमोदन भएका संयुक्त राष्ट्र संघवाट पारित महासन्धी हरुको पूर्णरुपमा कार्यन्वयन गरिनुपर्ने, मानव अधिकारको दायरालाई फराकीलो पार्दे राजनीतिक र नागरिक अधिकार संगसंगै स्वास्थ्य, शिक्षा, वातावरण, उपभोक्ता, रोजगार, विकास, जेष्ठनागरिक, महिला र वालवालिका, अपांग तथा लैंङ्गिक अधिकारलाई स्थापित मान्यता कार्यान्वयन गर्नुपर्ने, नेपाल मानव अधिकार संगठनको जिल्ला देखि केन्द्र सम्म कार्यक्रम एवं पारदर्शी वजेट सहितको सम्पर्क समन्वय एवं अधुनिक नेटवर्क प्रणाली स्थापना गरिनुपर्ने, विद्यालय शिक्षा देखि उच्च शिक्षा सम्म मानव अधिकार शिक्षालाई पाठयक्रममा अनिवार्य रुपमा लागु गर्नुपर्ने लगायतका प्रस्तावहरु पारित  गरिएको छ । संगठनका पश्चिमाञ्चल क्षेत्रिय संयोजक तथा केन्दि«य सदस्य नरेन्द्र वास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संगठनका कास्की जिल्ला उपसभापति विरेन्द्र वास्तोलाले गरेका थिए भने कार्यक्रममा कास्की जिल्ला सहसचिव उमाकान्त रिजालले स्वागत मन्तब्य राखेका थिए ।

Post a Comment

 
Top