0
अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा गणित शिक्षा परिषद कास्कीको आयोजनामा शिक्षक अभिनन्दन तथा नवौं मा वि स्तरीय पश्चिमञ्चल क्षेत्रिय गणितीय हाजीर जवाफ प्रतियोगिता शनिबार पोखरामा सम्पन्न भएको छ ।
लाइफ टाईम एचिभमेण्ट अवार्डबाट कृष्णप्रसाद पोखरेल सम्मानत भएका छन । त्यसै गरी अन्य सम्मान्ति हुनेहरुमा, सहप्रधाध्यापक कृष्ण प्रसाद भण्डारी, कृष्णबहादुर गुरुङ र खेमनारायण ढकाललाई शिक्षक सम्मानबाट कार्यक्रमका प्रमुख अतिथि कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारी, प्रध्यापक डाक्टर लेखनाथ शर्माले सम्मान गरेका हुन । कार्यक्रममा बोल्दै अधिकारीले शैक्षिक विकासमा यस्ता प्रतियोगिताहरुको निरन्तरताको कामना गरे । साथै उनले यस्ता कार्यक्रममा जिविसले सहकार्य गर्ने वचन दिए । प्रध्यापक डाक्टर लेखनाथ शर्माले गणितको पाठ्यक्रमलाई समय सापेक्ष बनाउन लागेको जानकारी गराए ।
परिषद कास्कीका अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, प्याव्सन कास्कीका अध्यक्ष चिनु रानाभाट, नेपाली भाषा शिक्षण परिषदका सुर्य लम्साल, परिषद कास्कीका उपाध्यक्ष वेद प्रसाद शर्मा, कोषाध्यक्ष डिलीराम अधिकारी, तालिम संयोजक खगेन्द्र बराल, सम्मानित व्यक्तित्व द्वय सहप्रध्यापक डा. कृष्ण प्रसाद भण्डारी, कृष्ण प्रसाद पोखरेल, सचिव केशव अंम्गाई लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

Post a Comment

 
Top