0
सहकारी संस्था लिमिटेड सभागृहचोक पोखराको दोस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै सहकारी  डिभिजन तथा प्रशिक्षण कार्यालय कास्कीका प्रमुख नारायण प्रसाद अर्यालले सहकारी नीति नियम अनुसार चल्नु पर्ने र सही ठाउमा लगानी गर्नुपर्ने बताए । कार्यक्रममा  विशेष अतिथि  कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भिम गुरुङ र जिल्ला सहकारी संघका संचालक एवं नेपाल दुग्ध संघका संयोजक  युवराज पराजुलीले सहकारीको महत्व र यसको आर्थिक पक्षको बारेमा बोलेका थिए ।
कार्यक्रममा सल्लाहकार टुवराज बास्तोला र संस्थाका उपाध्यक्ष संगिता गौतम तिमिल्सिनाले  स्वागत मन्तव्य राखेकी थिइन ।  सो अवसरमा कर्मशिल सहकारीद्धारा प्रवद्र्धित कर्मशिल कृषि परियोजनाका अध्यक्ष तिलक थापाले मन्तव्य राखेका थिए । कार्यक्रममा  सचिव विजय अधिकारीबाट सचिवको प्रतिवेदन र कोषाध्यक्ष  विष्णु कुमारी गुरुङबाट कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । लेखा सुपरीवेक्षण समितिका  लेखा संयोजक देवीलाल शर्माले सहकारीको आर्थिक गतिविधि माथि प्रकाश पारेका थिए ।  सोही अवसरमा  २०७० सालको प्रवेशिका परीक्षा उत्र्तीण शेयर सदस्यका छोराछोरीलाई सम्मान, उत्कृष्ट कारोबार गर्ने र उत्कृष्ट बचत कर्तालाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष ध्रुव कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नृत्य पनि प्रस्तुत पनि गरिएको थियो भने कार्यक्रमको संचालन कार्यसमितिका सदस्य राजु भण्डारीले गरेका थिए भने संचालक समितिको रिक्त रहेको सदस्य पदमा रत्नमान गुरुङलाई नियुक्त गरिएको  छ ।  

Post a Comment

 
Top