0
उपचारको क्रममा नर्भिक अस्पतालमा सोमबार बिहान निधन भएका एमाओवादी नेता पोष्टबहादुर बोगटीको अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बोगटीको सम्मानमा सशस्त्र प्रहरीको एक टुकडीले अन्तिम सलामी दिएको थियो। उनको पार्थिव शरीरमा बोगटीका छोरीहरु प्रतिभा र प्रभासहित प्रचण्डले दागबत्ति दिएका दिए । त्यसअघि बोगटीको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा र खुलामञ्चमा राखिएको थियो । यसअघि पार्टी कार्यालय पेरिसडाँडामा उनको पार्थिव शरीरलाई अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओडाएका थिए र त्यसैगरी प्रधानमन्त्री सुशील कोइरालाले त्यहाँ पुगेर श्रद्धाञ्जलि दिँदै एमाओवादी नेता तथा बोगटीका परिवारका सदस्यलाई भेट गरी समवेदना व्यक्त गरे ।
उपाध्यक्ष बोगटीलाई श्रद्धाञ्जलि दिन नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, उपप्रधानमन्त्री वामदेव गौतम, नेकपा–माओवादीका सचिव देव गुरुङ र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी पेरिसडाँडा पुगेका थिए । यसैगरी एकीकृत नेकपा
(माओवादी)ले उपाध्यक्ष पोष्टबहादुर बोगटीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । एमाओवादीको केन्द्रीय कार्यालयमा बसेको बैठकले तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
यसैगरी सभामुख सुवासचन्द्र नेम्बाङले संविधानसभाको सोमबारको बैठक प्रारम्भमा नै स्थगित गरे । एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको सोमबार बिहान असामयिक निधन भएका कारण बैठक स्थगित गरिएको हो । संविधानसभाको आगामी बैठक असोजको १ गते बुधबार ११ बजे र व्यवस्थापिका–संसदको बैठक सोही दिन ५ बजे बस्ने छ ।
नुवाकोट जिल्ला तुप्चे गाविस(२ को भित्रिनिटार गाउँमा बोगटीको जन्म २०१० सालमा भएको हो । बुबा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट उहाँ निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका थिए । बुबा भैरवबहादुर बोगटीको सरल, मिलनसार र समाजसेवी कार्यबाट प्रभावित भई बोगटीे पनि सानैदेखि सामाजिक कार्यमा अभ्यस्त भएका थिए । समाजसेवी हुँदै राजनीतिमा प्रवेश गरेका उनी सरल र मिलनसार स्वभावको थिए । उनको विवाह २०३५ सालमा नुवाकोट जिल्लाको आगापुटार निवासी राममाया बोगटीसँग भयो । बोगटीका एक छोरा र दुई छोरीमध्ये छोरा रवि विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेला २०५८ सालमा धादिङको सत्यदेवीमा तत्कालीन सुरक्षाकर्मी को आक्रमणमा मारिएका थिए ।
बोगटीका दुई छोरीमध्ये जेठी छोरी प्रतिभा बोगटी थारुवान राज्य समिति सदस्य हुन् र दाङ जिल्लामा क्रियाशील छन् । कान्छी छोरी प्रभा बोगटी केन्द्रीय सूचना सञ्चार ब्युरोअन्तर्गत प्रचारप्रसार राज्य समिति सदस्य हुनाका साथै पत्रकारितामा आबद्ध छन् । श्रीमती राममाया बोगटी सङ्घीय जनसम्पर्क मध्य जिल्ला सङ्गठन समितिको सदस्य एवम् अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का जिल्ला संयोजक तथा नुवाकोट काठमाडाँै सङ्घीय जनसम्पर्क मञ्चको अध्यक्षसमेत हुन् । बोगटीका परिवार जनयुद्धकालदेखि नै राजनीतिमा सक्रिय छन् ।
समाजसेवीको छवि भएका बोगटीले २०३५ सालमाराजनीतिक यात्रा सुरु गरेका थिए । पारिवारिकर सामाजिक पृष्ठभूमिले कम्युनिस्टप्रति लाग्ने प्रेरणा आफूलाई मिलेको बोगटीलेरासस प्रतिनिधि सँग बताएका थिए । चीनमा सर्वहारा साँस्कृतिक क्रान्तिका बेला २०२५ साल आसपास आफूमा कम्युनिस्टप्रतिको आस्था बढेको उनको सम्झना थियो । विसं २०३४ मा पुष्पलाल समूहमा सङ्गठित भई २०३७ सालमा संयुक्त चौममा आबद्ध भए ।     संयुक्त चौथो महाधिवेशनसम्ममा उनी जिल्ला समिति सदस्य भइसकेका थियो । विसं २०४४ तिर उहाँले अखिल नेपाल किसान सङ्घको अध्यक्ष भएर देशमा किसान आन्दोलनको नेतृत्व गरे । त्यतिबेला बोगटीकै अग्रसरतामा बारा, पर्सा, रौतहटलगायत तराईका जिल्लार पहाडमा समेत किसानको आन्दोलन अघि बढेको थियो । विसं २०४० मा मसालको जिल्ला सचिव भए । विसं २०४३ मङ्सिरमा क्षेत्रीय ब्युरो सदस्य, २०४४ मा केन्द्रीय सदस्य, २०४८ मा कर्णाली इन्चार्ज, यसपछि भेरी(कर्णाली उपब्युरोको इन्चार्ज, २०५३ सालमा पश्चिम ब्युरो सङ्गठनको इन्चार्ज हुँदै पार्टी स्थायी समिति सदस्यका रुपमा जिम्मेवारी सम्हालेका थिए । पञ्चायतकाल र बहुदलकालमा पटक–पटक जेल जीवन बिताएका थिए । विद्यालयको औपचारिक अध्ययन धेरै नभए पनि बोगटीले आध्यात्मिक, द्वन्द्वात्मक भौतिकवाद, दर्शन, राजनीति, जीवनी, साहित्य, इतिहासलगायत असङ्ख्य पुस्तकको अध्ययन गरेका थिए । उनी पार्टीभित्र र बाहिर इमान्दार र निष्ठावान् नेताका रुपमा चिनिन्थे । पार्टी राजनीतिमा उहाँ सधैँ अध्यक्ष पुष्पकमल दाहालको सहयोगीका रुपमा चिनिएका थिए ।

Post a Comment

 
Top