0
कठिन परिस्थिति तथा विपन्न वर्गको बालबालिकाको शिक्षा स्वास्थ, पोषण र विकास लगायतका क्षेत्रमा काम गर्दै आएको असल छिमेकी सहयोग संघ (गोनेसा)को बाह्रौ साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
सभाले महासचिव रामप्रसाद सुवेदीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७०÷७१ को वार्षीक प्रगति प्रतिवेदन र कोषाध्यक्ष निरमाया गुरुङले प्रस्तुत गरेको आर्थीक प्रतिवेदन सुझाव सहित पारित गरेको छ । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलक राम अधिकारीले सभाको उद्घाटन गर्दै सरकारको पहुच नपुगेको गरिव तथा विपन्नहरुको वस्ती सम्म गैह्रसरकारीहरु पुगेर रचनात्मक कामहरु गरेको बताए ।
गोनेसाले संस्थागत सुशासनका लागि उल्लेखनीय काम गरेको चर्चा गर्दै उनले स्थानिय निकाय संग सहकार्र्य नगर्ने गैससलाई कालो सुचिमा राख्ने जानकारी दिए । गोनेसाका अध्यक्ष मेजर दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका पूर्व संयोजक खगराज आचार्य, इन्सेकका क्षेत्रिय संयोजक शिव खकुरेल, वरिष्ठ कृषि विकास अधिकृत रमेश कोइराला, गैसस महासंघ कास्कीका कोषाध्यक्ष गोमा ढकाल, असल छिमेकी सहकारी संस्थाका अध्यक्ष टोपराज ढुंगाना, जानकी निमावीका प्रअ श्याम प्रसाद शर्मा, गोनेसाका उपाध्यक्ष प्रेम सोङमेन, जिविस कास्कीका योजना अधिकृत क्रिर्तनराज पौडेल, कार्यक्रम संयोजन कमला रिमाल, हेम्जा बालविकास केन्द्रका अध्यक्ष लाल बहादुर गायक लगायतका वक्ताले मन्तव्य राखेका थिए । कार्यक्रममा भिस्पे इटालीका प्रतिनिधि मार्को फारागुती, उत्कृष्ट कर्मचारी कमाल बहादुर पुन, उत्कृष्ट शिक्षिका अमृता राई, सहशिक्षिका लिला शाही ठकुरी, उत्कृष्ट बालविकास केन्द्रका अध्यक्ष लाल बहादुर गायक पूर्व कार्यक्रम संयोजक जगत लामिछानेलाई दोसल्ला ओडायर सम्मानपत्र प्रदान गरियो ।  कक्षा ११ मा अध्ययनरत सन्दीप वि.क र विकास नेपालीलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो । त्यस्तै जानकी निमावीमा संचालीत वातावरण तथा बालबालीका सम्बन्धि चित्रकला प्रतियोगितामा प्रथम हुने रजनी राई, द्धितिय हुने अनिशा वि.क., तृतिय हुने साजन पौडेल र सान्त्वना स्थान हासिल गर्ने चादनी सुनार र अमृत नेपालीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो । कार्यक्रममा नागिन टोल विकास संस्थाका बालबालिकाले सास्कृतिक कार्यक्रम देखाएका थिए ।

Post a Comment

 
Top