0
दोस्रो ज्ञानुबाबा कप सेभेन ए साइड फुटबल प्रतियोगिता अन्र्तगत विहिवार भएको खेलमा धवलागिरी, शान्ति निकुञ्ज, प्रगति र डायमण्ड सेमिफाइनलमा प्रवेश गरेका छन् । ज्ञानुबाबा आवासीय उच्च मावि, मिरुवाको आयोजनामा सो प्रतियोगिता आयोजना गरिएको हो । धवलागिरी र कुमुदिनीबीच भएको खेलमा धवलागिरीले ४–० ले पराजित गर्दै धवलागिरी सेमिफाइनलमा प्रवेश ग¥यो । शान्ति निकुञ्जले चिरगादीलाई पराजित गर्दै शान्ति निकुञ्ज अघिल्लो चरणमा प्रवेश ग¥यो । प्रगतिले पोखरा एकेडमीलाई पाखा लगाउदै विजयी भयो भने अर्को खेलमा डायमण्डले रिभरडेललाई हराउँदै डायमण्ड सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि पहिलो खेलमा चिरगादी बोर्डिङले ट्राइबेकरमा सोसल पब्लिकलाई ३–१ ले पारजित गर्दै सोसल पब्लिक खेलबाट बाहिरिएको छ । अर्को खेलमा पोखरा एकेडेमीले स्टेप वाइ स्टेपलाई ४–१ को नतिजा निकाल्दै पोखरा एकेडेमी अघिल्लो चरणमा प्रवेश गरेको थियो ।  प्रतियोगिता १० गतेसम्म सञ्चालन हुने प्राचार्य दिनेश अर्यालले जानकारी दिए ।

Post a Comment

 
Top