बडादसैँको अवसर पारेर मेरो नेपाल युवा क्लब पोखरा–१४ मझेरीपाटनको आयोजनामा रामेश्वरी उमाविको खेलमैदानमा जारी चौथो मेरो नेपाल कप खुल्ला सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ अन्तर्गत बिहीबार १० खेल सम्पन्न भएका छन् । पहिलो खेलमा मगरथोक युनाइटेडले मनोहर एफसी युथ क्लब बी लाई टाइब्रेकरमा ३–१ ले हरायो । दोस्रो खेलमा रानीपौवा एफसीले भवानी टोल एफसीलाई टाइब्रेकरमा ३–१ ले पाखा लगायो । तेस्रो खेलमा संघर्ष एफसीले डिजी छिनेडाँडालाई २–१ ले पराजित ग¥यो । चौथो खेलमा मसिना एफसीले देउराली एफसीलाई २–० ले पराजित ग¥यो । पाँचौं खेलमा बीपी युनाइटेड–१४ ले कम्बाइन्ड सोसाइटी एफसीलाई टाइब्रेकरमा ७–६ ले पराजित ग¥यो । छैटौं खेलमा मनकामना युथ क्लबले सिर्जनशील युथ क्लबलाई ३–१ ले हरायो । सातौं खेलमा एकता एफसीले लक्ष्मीटोल एफसीलाई २–० ले हरायो । आठौं खेलमा ब्रदर एफसी अमरसिंहले शहीद स्मृति आवासीय मावि पोखरा–१४ सेतीदोभानलाई टाइब्रेकरमा १–० ले हरायो । नवौं खेलमा एसवाईसी बी–१३ ले जिएफसी–१५ लाई ५–० ले पराजित ग¥यो । एसवाईसी टीममा नेपाली राष्ट्रिय टीम तथा विदेशी खेलाडीको सहभागिता रहेको थियो । दशौं खेलमा डोरफिर्दी एफसी तनहुँले डिडि युनाइटेड बी–१३ लाई टाइब्रेकरमा २–० ले पराजित गरेको खेलकुद संयोजक सञ्जीव कुँवरले जानकारी दिए ।मेरो नेपाल कपमा १० खेल सम्पन्न
बडादसैँको अवसर पारेर मेरो नेपाल युवा क्लब पोखरा–१४ मझेरीपाटनको आयोजनामा रामेश्वरी उमाविको खेलमैदानमा जारी चौथो मेरो नेपाल कप खुल्ला सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ अन्तर्गत बिहीबार १० खेल सम्पन्न भएका छन् । पहिलो खेलमा मगरथोक युनाइटेडले मनोहर एफसी युथ क्लब बी लाई टाइब्रेकरमा ३–१ ले हरायो । दोस्रो खेलमा रानीपौवा एफसीले भवानी टोल एफसीलाई टाइब्रेकरमा ३–१ ले पाखा लगायो । तेस्रो खेलमा संघर्ष एफसीले डिजी छिनेडाँडालाई २–१ ले पराजित ग¥यो । चौथो खेलमा मसिना एफसीले देउराली एफसीलाई २–० ले पराजित ग¥यो । पाँचौं खेलमा बीपी युनाइटेड–१४ ले कम्बाइन्ड सोसाइटी एफसीलाई टाइब्रेकरमा ७–६ ले पराजित ग¥यो । छैटौं खेलमा मनकामना युथ क्लबले सिर्जनशील युथ क्लबलाई ३–१ ले हरायो । सातौं खेलमा एकता एफसीले लक्ष्मीटोल एफसीलाई २–० ले हरायो । आठौं खेलमा ब्रदर एफसी अमरसिंहले शहीद स्मृति आवासीय मावि पोखरा–१४ सेतीदोभानलाई टाइब्रेकरमा १–० ले हरायो । नवौं खेलमा एसवाईसी बी–१३ ले जिएफसी–१५ लाई ५–० ले पराजित ग¥यो । एसवाईसी टीममा नेपाली राष्ट्रिय टीम तथा विदेशी खेलाडीको सहभागिता रहेको थियो । दशौं खेलमा डोरफिर्दी एफसी तनहुँले डिडि युनाइटेड बी–१३ लाई टाइब्रेकरमा २–० ले पराजित गरेको खेलकुद संयोजक सञ्जीव कुँवरले जानकारी दिए ।
Post a Comment