0
लायन्स क्लव अफ पोखरा मुनालको आयोजनमा यहि भाद्र २५ गते बुधबार महेन्द्रपुलमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भयो । क्षेत्रीय रक्त सञ्चार केन्द्रमा रगतको कमी भएकोले क्लवले आकस्मिक रक्तदान कार्यक्रम गरेको कार्यक्रम संयोजक जितेन्द्रमान शाक्यले वताए । प्रथम रक्तदाता लक्ष्मी त्रिपाठीलाई प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि १ का प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर धु्रव थापाले व्लड व्याग दिएर उद्घाटन गरेका थिए ।  कार्यक्रममा ३४ जनाले रक्तदान गरेको थिए । क्लवका अध्यक्ष कविराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ध्रुव थापा, रक्तदान कार्यक्रमका डिष्ट्रिक्ट चिफ कोअर्डिनेटर दिनवन्धु पौडेल, रिजन चेयर पर्सन श्यामकृष्ण श्रेष्ठ, जोन चेयरपर्सन लिला भट्टराइ, रक्त सञ्चार केन्द्रका तर्फवाट धु्रव लामिछाने र अर्जुन ज्ञवाली, शान्तिदीप अभियानका संयोजक हरिश्चन्द्र शर्मा तथा एडिशनल क्याविनेट सेक्रेटरी लायन राजु अधिकारीले रक्तदानको महत्व वारेमा प्रकाश पारेका थिए । ‘रक्तदान गरौं, स्वास्थ्य रहौं’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको सञ्चालन कृष्ण तिमिल्सिना तथा ज्ञानेन्द्रराज कोइरालाले गरेका थिए भने सम्पूर्ण रक्तदाता तथा अतिथिहरुलाई धन्यवाद क्लवका पूर्व अध्यक्ष तेज नारायण पराजुलीले गरेका थिए ।

Post a Comment

 
Top