0

यूवा संघ नेपाल जिल्ला कमिटि कास्कीको असोज पहिलो साता पोखरामा हुने अधिवेशनको तयारी तीव्र रुपमा अगाडि बढेको छ । असोज ५ र ६ गते हुने अधिवेशनको तयारी तीव्र रुपमा अगाडि बढेको यूवा संघ कास्की सम्मेलन आयोजक समितिले जनाएको छ । सम्मेलन आयोजक समितिका संयोजक विष्णु पुनले अधिवेशन नजिकिएपछि कास्कीका ४३ गाविसका र पोखरा उपमहागनरपालिका र लेखनाथ नगरपालिकाका ३३ वडामा अधिवेशनहरु सम्पन्न गर्ने कार्यमा भइरहेको जानकारी दिएका छन् । कास्कीका देउराली, रुपाकोट, हंसपुर, मिजुरेडाँडा, काँहु, हेमजा, भलाम, साङकोट लगायतका गाविसमा अधिवेशन सम्पन्न भएका र अन्य गाविस र नगरका वडामा अधिवेशन गर्ने तयारी भैरहेको पुनले जानकारी दिएका हुन् । सबै गाविस र वडाका अधिवेशन सम्पन्न भैसकेपछि यहि भदौ २८ गते जिल्ला अविधेशनका लागि प्रतिनिधि चयन गरिने उनले बताए । जिल्ला कमिटिका र महिला विभागका सवै सदस्य, गाँउ कमिटिबाट तीन जना र क्षेत्रीय कमिटि र नगर कमिटिबाट पाँच पाँच जना प्रतिनिधि अधिवेशनमा चयन हुने छन् । अधिवेशनमा  ४ सय प्रतिनिधिको सहभागीता रहने बताइएको छ । असोज पहिलो साता हुने अविधेशनका लागि अध्यक्ष बन्न अहिले देखि नै कसरत सुरु गरेका छन् । अध्यक्षमा सम्मेलन आयोजक कमिटिका संयोजक विष्णु पुन र सह संयोजक कमल भुजेल तथा नरेन्द्र ढुङगाना आकाङक्षी देखिएका छन् । त्यस्तै उपाध्यक्षमा गणेश बराल, मनि अधिकारी र वविता सुवेदी अकाङक्षी देखिएका छन् । यता सचिवका लागी भुवन सुवेदी र डिल्लिराम सुवेदी आकाङक्षी रहेको यूवा संघ स्रोतले जनाएको छ ।

Post a Comment

 
Top