0
नेपाली कांग्रेस कास्कीका क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला ‘मधु’ की ममतामयी माता वेदकुमारी बाँस्तोलाको श्रद्धाञ्जली सभा सोमबार सम्पन्न भएको छ । वि.सं. १९९३ भाद्र १ गते जन्मिएकी वेदकुमारीको यहि भाद्र २५ गते निधन भएको थियो । उनको १३औं दिनको पुण्य तिथिका अवसरमा उक्त श्रद्धाञ्जलीसभा आयोजना गरिएको थियो । श्रद्धाञ्जली सभामा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका नेता खेमराज पौडेलले २०४६ सालको आन्दोलनमा स्व. वेदकुमारीको मुख्य भूमिका रहेको भन्दै उनको विविध गतिविधि बारे चर्चा गरेका थिए । कार्यक्रममा विष्णुहरि बाँस्तोला, डा. टुवराज बाँस्तोला, माया तझ्या, विश्वनाथ बाँस्तोला, माधवप्रसाद बाँस्तोला मधु लगायतले स्व. देवकुमारीले राजनीतिक एवं सामाजिक क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै स्मरण गरेका थिए ।

Post a Comment

 
Top