लायन्स क्लब अफ पोखरा ग्रिन टाउनले एक कार्यक्रमको आयोजना गरि लेखनाथ नगरपालिका वडा नं १३ लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रमका बृद्धबृद्धालाई सहयोग गरेको छ । क्लवले सामाजिक क्षेत्रमा देखाउदै आएको सहयोगलाई निरन्तरता दिंदै त्यहाँ रहेका ४० जना बृद्धबृद्धाका लागि खाद्यन्न सामाग्री वितरण गरेको हो । बृद्धबृद्धालाई खाद्यन्न सामाग्री हस्तान्त्रण गर्दैै लायन्स ३२५ वी का एम जे एफ दीपक श्रेष्ठले बृद्धबृद्धाका लागि गरेको सहयोग नै वास्तविक रुपको सहयोग र सेवा भएको भन्दै सामाजिक क्षेत्रमा सहयोग गर्ने भावनाको विकास गराउनु नै अहिलेको आवस्यकता भएको धारणा राखेका थिए ।क्लबका अध्यक्ष सुशिला कोईरालाको अध्यक्षतामा भएको उत्त कार्यक्रममा चिफ ईन्दिरा बराल, कार्यक्रम संयोजक विमला कोईराला र सचिब कल्पना श्रेष्ठ र मन्दिरका पुजारी फडिन्द्र सिग्देल लगायतले आ–आफनो भनाई राखेका थिए ।
Post a Comment