0
बाल दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । कोपिला नेपाल र सिल्दुजुरे गाविसको सयुंक्त आयेजनामा बाल अधिबार सम्बन्धि लोकगीत  कविता प्रतियोगिता सम्पन्न भयो । उतm प्रतियोगितामा जनज्योति बाल समूह प्रथम , जनसेवा बाल समूह द्वितीय, सृजनशील बाल समुह तृतीय र प्रगतिशील बाल समूह सान्त्वना भएको हो ।
यसै गरी थुमाको डाँडामा चेतन शील बाल समूहद्धारा आयोजित गाविस स्तरीय नाटक, नृत्य, कविता तथा लोकगीत प्रतियोगितामा ग्रीन फोर्स बाल समूह प्रथम भएको छ । यसैगरि सगरमाथा बाल समूह द्वितीय, प्रगतिशील बाल समूह तृतीय र लालीगुरास बाल समुह सान्तवना हुन सफल भएको हो । यसैगरि भान्द्रुकमा कोपिला नेपाल र विभिन्न बाल क्लव को सयुंतm आयेजनामा हिज्जे र हिसाब दौड प्रतियोगिता सम्पन्न भयो । मिजुरेमा पनि कोपिला नेपाल र पाँच वटा बाल क्लवको आयोजनामा बाल अधिकार सम्बन्धी गीत र नाटक प्रस्तुत गरेका छन् । सैम¥याङमा प्रगतीशिल बाल क्लवको आयोजना एवम् कोपिला नेपाल र गाविसको सहयोगमा वतृत्वकला, भलिबल र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा नौवटै वडालाई समावेश गरिएको थियो । हाजिरीजवाफ प्रतियोगितामा मादीगंगा बाल क्लव प्रथम भएको छ ।

Post a Comment

 
Top