0
गुरुकुल संगीत प्रशिक्षण केन्द्र पोखराले यही असोज  १० गते, शुक्रबार गुरुकुल स्वर्णिम साँझ २०७१ कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
कार्यक्रमको बारेमा मंगलबार पोखरामा पत्रकार संम्मेलन गरी जानकारी दिएको हो ।  केन्द्रले गएको वर्ष जस्तै यो वर्ष पनि सांगीतिक क्षेत्रको विकासका लागि कार्यक्रम गर्न लागेको हो । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको उपस्थितिमा हुने स्वर्णिम साँझमा नेपाली स्वर्णिमकालका स्वर्णिम गीतहरुको प्रस्तुति हुने गुरुकुलका प्राचार्य तथा कार्यक्रम संयोजक तीर्थराज पोख्रेलले जानकारी दिएका छन् ।
कार्यक्रममा मोफसलमा रहेर नेपालभरि नै चर्चा कमाएका गायक तथा गुरुकुलमा प्रशिक्षण लिइसकेका र लिइरहेका विद्यार्थीहरुको प्रस्तुति रहनेछ । कार्यक्रमको प्रमुख आकर्षणको रुपमा बनारस हिन्दू विश्वद्यिालयका प्राध्यापक विरेन्द्रनाथ मिश्र, शास्त्रीय संगीततर्फ भारतका सीतार बादक, तथा सोही विश्वविद्यालयमा स्वर्णपदक प्राप्त नेपाली कलाकार हरिप्रसाद पौडेलको बाँसुरी वादनको विशेष प्रस्तुती साथै तवलामा परशुराम पौडेलले साथ दिने गुरुकुल स्वर्णिम साँझका अध्यक्ष श्यामलाल श्रेष्ठले जानकारी दिए । प्रचारप्रसार संयोजक अनुज कुलुङले नेपाली गीत र संगीतको विकासका लागि काम गर्दै आएको गुरुकुलले उक्त साँझलाई सफल रुपमा सम्पन्न गर्नका लागि तयारी थालेको बताएका छन् । गीत संगीतको पनि मुल्य हुनुपर्ने र गीतकार तथा संगीतकारको सम्मानका लागि भएपनि टिकटमा कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।

Post a Comment

 
Top