0
पोखरा उद्योग वाणिज्य संघको ३०औं महाधिवेशनबाट आगामी दुई वर्षका लागि अध्यक्षमा विन्दुकुमार थापा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी सञ्जिव बहादुर कोइरालालाई २५९ मत अन्तरले पराजित गर्दै थापा विजयी भएका हुन् । विजयी थापा यसअघि संघको प्रथम उपाध्यक्षको भूमिकामा थिए भने कोइराला अध्यक्ष थिए । कूल खसेको दुईहजार ४८ मतमध्ये अध्यक्ष थापाले १ हजार १ सय ४६ मत प्राप्त गरे थापाका निकट्तम प्रतिद्वन्दी संजिववहादुर कोइरालाले ८ सय ८७ मतमात्र प्राप्त गरे । नाताले कोइराला र थापा ज्वार्इँ जेठान हुन् । अघिल्लो २९औं महाधिवेशनमा पनि मैदानमा उत्रिएका कोइराला र थापा अन्तिम समयमा ३०औं महाधिवेशनको चुनावमा थापालाई समर्थन गर्ने सहमति अनुरुप कोइराला निर्विरोध अध्यक्ष भएका थिए । तर सहमति विपरित कोइरालाले थापालाई यसपटक समर्थन नगरि पुनः अध्यक्ष लड्न खोजेपछि  दुईजनाका वीच कडा प्रतिस्पर्धा भएको थियो । संघको नयाँ नेतृत्वमा नवनिर्वाचित अध्यक्ष थापा समूहबाट एशोसिएट सदस्य सहित ९ जना र कोइराला समूहबाट ६ जना निर्वाचित भएका छन् । थापा समूहबाट देव क्षेत्रीले १ हजार ५ सय ४५ मत प्राप्त गरि विजयी भए । उनले यसपटक पनि सबैभन्दा बढि मत प्राप्त गरे । कोईराला समूहबाट निवर्तमान द्वितीय उपाध्यक्ष ईश्वर कर्माचार्य एह हजार २२१, निवर्तमान महासचिव नारायण कोईरालाले एकहजार २८५, उप–महासचिव हीरा भट्टराईले एक हजार २८६ मत प्राप्त गरि विजयी भएका छन् । यस्तै सदस्यहरु दामु अधिकारीले एहजार २८८, दीलिप सुवेदीले एक हजार २४०, विश्वशंकर पालिखले १ हजार २३९ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी थापा समूहबाट निवर्तमान कार्यसमिति सदस्य प्रकाशदेव पालिखेले एकहजार २८६, निवर्तमान कोषाध्यक्ष रविन्सन प्रजुले एकहजार २७५, निवर्तमान सदस्य दिलिपराज श्रेष्ठले एकहजार २२२ का साथै  देव क्षेत्रीले एकहजार २१३, बिन्दु कोईराला सुबेदीले एकहजार २१३, मिनराज काफ्ले एकहजार २१३, पवन प्रजापतिले एकहजार १०४ र सीता गुरुङले एकहजार २५९ मत ल्याएर विजयी भएका छन् । गुरुङ पहिलोपटक सदस्यमा निर्वाचित भएकी हुन् । एशोसिएट तर्फ अर्जुन पोखरेल र अमर बहादुर केसीबीच समान २०÷२० मत अएपछि गोला प्रथाबाट पोखरेल विजयी भएका थिए । एशोसिएट सदस्यमा ४७ मतदाता थिए । एशोसिएटमा कूल खसेको ४१ मत मध्य १ मत बदर भएको थियो । पोउवासंघमा १४ सदस्यका लागि २७ जना र एक एशोसिएट सदस्यका लागि २ जना चुनावी मैदानमा थिए । पोउवासंघमा जम्मा २ हजार २५८ मतदाता थिए । जसमध्ये दुई हजार ४८ मत अर्थात कूल मतदाताको करिव ९१ प्रतिशत मत खसेको निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । शनिबार विहान ८ बजेबाट शुरु भएको मतदान प्रक्रिया साढे २ बजेसम्म चेलेको थियो भने दिउँसो साढे ४ बजेदेखि मत गणना शुरु भएको थियो । मतगणना परिणाम लगत्तै बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले पदाधिकारी समेत चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा देव क्षेत्री, द्वितीय उपाध्यक्षमा मिनराज काफ्ले, महासचिवमा रविन्सन प्रजु, कोषाध्यक्षमा दिलिपराज श्रेष्ठ र उप–महासचिवमा प्रकाशदेव पालिखे चयन गरेका छन् । विजयी भएपछि अध्यक्ष थापाले पोउवासंघलाई सम्पूर्ण पोखरावासीको व्यवसायी संस्थाका रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले समय सापेक्ष परिवर्तन गर्दै संघलाई अघि बढाउने भन्दै व्यवसायी मैत्री बनाउने तर्फ पहिलो काम हुने बताए । अध्यक्ष थापाले अब कुनै टीम नरहेको उल्लेख गर्दै, एक भएर अघि बढ्ने प्रण समेत गरेका छन् । उनले आफ्नो पारिवारिक सम्वन्धलाई समेत सुमधुर बनाउँदै अघि बढ्ने प्रचिवद्धता समेत व्यक्त गरेका छन् ।

 
कसले कति मत पाए ?
अध्यक्षमा ः विन्दुकुमार थापा–११४६, संजिव बहादुर कोइराल–८८७
कार्यसमिति सदस्य पदका विजय उम्मेदवारहरु
देव क्षेत्री–१५४५m प्रकाश देव पालिखे–१२९६, हीरा भट्टराई–१२८६, नारायण कोइराला–१२८५, रविन्द्र बहादुर प्रजु–१२७५, दामू अधिकारी–१२६८, सीता गुरुङ–१२५९, विश्वशंकर पालिखे–१२३९, मिनराज काफ्ले–१२३८
दिलिपराज श्रेष्ठ–१२४२, ईश्वर प्रसाद कर्माचार्य–१२२१, विन्दु कोइराला सुवेदी–१२१३, पवन प्रजापति ११०४, दिलिप सुबेदी–१०४०
पराजित उम्मेदवारहरु ः अनिल सिग्देल–८४२, अमृत पोख्रेल–४३३, गिरधारी शर्मा–६९८, जनकराज पराजुली–८८०, देवकृष्ण काफ्ले–६८२, धनिराम बराल–८३६, ध्रुवराज वराल–३८०, नारायण पौडेल–७४०, पुष्पराज पराजुली–७८७, बलराम पहारी–८६२, मंगल नेपाली–७६१, रामबहादुर बसेल–९५९, हरिराज पन्त–६५५
एशोसिएटमा ः अर्जुन पोखरेल २० (विजयी), अमर बहादुर केसी २०

Post a Comment

 
Top