0

विगत १६ महिना देखि रोकिएको चार पाग्रे सवारी चलाउने चालक अनुमति पत्रको परीक्षा तत्काल सुचारु गर्न अखिल नेपाल यातायात मजदुर संघले सरकारको ध्यानाकर्षण गराइएको छ । नयां प्रणालीको परीक्षा लिन भन्दै ट्रयाक निर्माणको वहानामा गत २०७० वैशाख ८ गते वाट रोकिएको परीक्षा आज सम्म सञ्चालन नगरिदा हजारौं श्रमजिवी मजदुरहरु पेशा गरि खान पाउने अधिकार वाट मुक्त भएको भन्दै संघले विज्ञप्ति जारी गर्दै दुख व्यक्त गरेको छ । अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय सह(सचिव रमेश देउजा द्वारा हस्ताक्षरित विज्ञप्तिमा जनताको अत्यावश्यकीय सेवा तत्काल सुचारु नगरिए कडा आन्दोलनमा उत्रन वाध्य हुने उल्लेख छ । यातायात व्यवस्था विभागले देशका १३ वटै अञ्चल यातायात व्यवस्था कार्यालयमा ४ पाङ्ग्रे सवारीको सवारी चालक अनुमति पत्रको परीक्षा स्थागित गरेको छ । वागमती अञ्चल यातायात कार्यालय मा मात्र केहि समय अगाडिवाट परीक्षा सुरु भएको छ ।



Post a Comment

 
Top