0

लेखनाथ मेमोरियल स्कुलले नियमित रूपमा गर्दै आइरहेको सह–व्रिmयाकलाप अन्तर्गत हस्तकला प्रतियोगिता सम्पन्न गरेको छ । प्राथमिक र माध्यमिक गरी दुई समूहमा सञ्चालित सो प्रतियोगितामा प्राथमिक तहमा कक्षा ४ का सलोन कुमाल प्रथम, कक्षा ५ की सुष्मा रेग्मी द्वितीय र कक्षा २ की सिम्रन श्रेष्ठ तृतीय भएका छन् । त्यसैगरी माध्भमिक तहको प्रतियोगितामा कक्षा ८ का सन्दिप तिमिल्सिना प्रथम, कक्षा ८ कै उज्ज्वल कुमाल द्वितीय , कक्षा ६ की सोनी पुलामी मगर तृतीय भएका छन् । प्रतियोगितामा निर्णायकको भूमिका कलाकार एवम् शिक्षक धिरज थापाले निर्वाह गरेको विद्यालयका प्राचार्य सञ्जिव पौडेलले जानकारी दिए ।

Post a Comment

 
Top