
शिविरमा स्थास्थ्य जाँच गराउने बिरामीहरुका लागि ७ दिनको औषधि निःशुल्क तथा गरिबीको रेखा मुनि रहेका बिरामीहरुका लागि कुनै थप उपचार गर्न परे यस संघको सिफारिसमा शहिद गंलालाल ह्रदय रोग केन्द्रमा रु. एक लाख रुपयाँसम्मको उपचारमा छुट गराईने बताइन्छ । अन्य सर्वसाधारण बिरामीहरुको हकमा अबस्था हेरि यसै संघको सिफारिसमा २५ देखि ५० प्रतिशत छुट हुने व्यवस्था समेत संघले जनाएको छ । शिविरका संचालनका लागि नाट्टा पोखराका सल्लाकार मदन के.सी संयोजक, सह संयोजक संघका महासचिव सञ्जयकान्त सिग्देल रहेका छन् । साथै विभिन्न उपकमिटी समेत गठन गरिएको छ । जसअनरुप आवास तथा भोजनमा ध्रुबजित कुवँर, प्रचार प्रसारमा, हर्कबहादुर गुरुङ्ग, आर्थिकमा तुल्सीराम पोखरेल, स्वयंमसेवक परिचालनमा हरिराम अधिकारी, स्वागत तथा सम्मानमा पोमनारायण श्रेष्ठ र मञ्च व्यवस्थापनमा डिल्लीप्रसाद गौतम छन् ।
Post a Comment