0
यही भदौ २१ र २२ गते पोखरामा हुन गइरहेको नेपाल प्रेस युनियनको आठाँै राष्टिूय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । महाधिवेशन सम्पन्न गर्न युनियनका वरिष्ठ उपाध्यक्ष गङ्गाधर पराजुलीको संयोजकत्वमा मूल व्यवस्थापन समिति र १३ वटा विभिन्न उपसमितिहरू गठन गरिएको छ । अधिराज्यभरका एक हजार ५०० सहभागी प्रतिनिधिहरूलाई बस्नका लागि पोखराको लेकसाइड र ड्यामसाइडका होटलहरू बुकिङ गरिसकिएको संयोजक पराजुलीले जानकारी दिए । सहभागीहरूलाई खानाका लागि भने कार्यक्रम स्थल पोखरा सभागृहमा नै व्यवस्था मिलाइएको छ । युनियनको छैठौँ महाधिवेशन पनि यही पर्यटकीय सुन्दर नगरी पोखरामा सात वर्षअघि सम्पन्न भएको थियो ।
महाधिवेशनको नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले एक भव्य कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनलाई उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालगायत काँग्रेसका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा विधान संशोधन प्रस्ताव लगिने र युनियनलाई समावेशी बनाइने बताइएको छ । महाधिवेशनले ७१ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन गर्ने कार्यक्रम छ । जसमध्ये एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, दुई खुल्ला उपाध्यक्ष, एक महिला र एक समावेश उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, चार सचिव, एक कोषाध्यक्ष, क्षेत्रीय संयोजक, अञ्चल संयोजक र केन्द्रीय सदस्यहरूको निर्वाचन हुनेछ । महाधिवेशन सम्पन्न करिब रु ४० लाख खर्च हुने संयोजक पराजुलीले बताए ।

Post a Comment

 
Top