0
संविधान सभाका सदस्य कुमार खड्का सम्मानित भएका छन् । पोखरा १६ अमरद्वीपमा रहेको माथिल्लो अमरद्वीप आमा समूहले सभासद खड्का सहित उनकी धर्मपत्नी कमला खड्कालाई सम्मान गरेको हो । खड्कालाई बाबा समूहका अध्यक्ष सुवेदार दिलबहादुर गुरुङ, सल्लाहाकार पदम सिंह गुरुङसल्लाहकार तेज बहादुर गुरुङ,  अध्यक्ष चन्द्रशोभा गुरुङ उपाध्यक्ष पदम कुमारी गुरुङले गुरुङ परम्परा अनुसार भाङग्रा, घलेक र ढाकाको टोपी लगाइदिंदै सम्मान गरेका थिए ।
सम्मानपछि आयोजित कार्यक्रममा सभासद खड्काले स्थानीय क्षेत्रको विकास गर्न आफू प्रतिवद्ध रहेको बताए । उनले सांसद विकास कोष मार्फत प्राप्त रकम पोखरा १६, भलाम, अर्मला र लामाचौर क्षेत्रको विकासमा खर्च गर्ने प्रतिवद्धता जनाए । समय समयमा पोखरा आएर विकास निर्माणको अनुगमन र जनताका समस्या सुन्दै आएका खड्काले आफूमा कुनै किसिमको लोभ नरहेको बताए । समूहका अध्यक्ष चन्द्रशोभा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कंग्रेस वडा इकाइ सभापति गोपाल बहादुर थापा, एकल महिला समूहका अध्यक्ष दुर्गा केसी थापा, सल्लाहाकार पदम सिंह गुरुङ लगायतले त्यस क्षेत्रका समस्याका बारेमा जानकारी गराएका थिए । खड्कालाई शिव मन्दिरका पूजारी बन्धुराज अधिकारी र गुम्वाका गुरुलामा सनम गुरुङले आर्शिवचन प्रदान गरेका थिए ।

Post a Comment

Top