0
पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाले निजि क्षेत्रको सहभागिता विना देश विकासको सम्भावना नरहेको बताएका छन् । भरखरै मात्र क्षेत्रीय प्रशासकको जिम्मेवारी समाल्न आएका थपलियाको स्वागत तथा सम्मानका लागि सोमवार लेखनाथ उद्योग वाणिज्य संघले अयोजना गरेको कार्यक्रममा वोल्दै निजी क्षेत्र जति बलियो भयो त्यति सरकारी संयन्त्र बलियो हुन्छ त्यसैले निजी क्षेत्र सरकारका लागि अपरिहार्य छ उनको भनाई थियो । निजी क्षेत्रले सामाजिक उत्तरदायित्व र खुल्ला प्रतिसप्रर्धाको माध्यमवाट राष्ट्र निर्माणका लागि आयातलाई कम गर्ने र निर्यातलाई प्रवद्र्धन गर्दै अगाडि बढन सक्नुपर्दछ जसले देशको अर्थतन्त्रलाई वलियो बनाओस उनले भने । कार्यक्रममा बोल्दै प्रशाशक थपलियाले व्यवसायीहरु मात्र व्यापार मुखी भन्दा पनि उत्पादनशील व्यापार मुखी हुनुपर्दछ जहां हाम्रो निर्वाहमुखी परिपाटी छ त्यसको अन्त्य गरि आफू जुन क्षेत्रमा पोख्त भईन्छ त्यही क्षेत्रमा अगाडि बढनुपर्ने सुझाव दिदै विकासका लागि साझेदारी, सहकार्य र एकताको अपरिहार्य छ ।  लेखनाथ नगर क्षेत्रको विकासका लागि १० वर्षे, २० वर्षे र ४० वर्षे रणनितिक योजना  बनाएर अगाडि  बढनु पर्ने सुझाव दिंदै थपलियाले सरकारले सोची रहेको मेट्रो पोखराको धारणाबाट अगाडि बढ्न सके छोटो समयमा पनि धेरै विकास गर्न सक्ने कुरा बताएका थिए ।ं
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमन भट्टराई, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्व अध्यक्ष चतुराखर अधिकारी, नगरका राजनीतिक पाटीका प्रमुख, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले  आ आफ्नो भनाइ राखेका थिए । संघका महासचिव बलराम ढकालले संचालन गरेको उक्त कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले गरेका थिए ।

Post a Comment

 
Top