पोखराको नयाँवजारमा रहेको उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौँ बार्षिक साधारणसभा एक कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद वाँस्तोलाले सहकारीहरुले रकम संकलन गरि वचत गर्ने मात्र नभई सदस्यहरुलाई उद्यमशिल बनाउनुपर्ने वताए । विशेष अतिथि त्रिथुगाँ ट्रेडिङका प्रवन्ध संचालक डिल्लीराज सुवेदीले सहकारीहरुले आफ्नो छुट्टै पहिचान वनाउनु पर्ने वताए । संस्थाका अध्यक्ष पदमवन्धु पोखरेलो सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजेन्द्र लम्साल, सचिव राजेश रानाभाट तथा शिक्षा संयोजक रेवतीरमण भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाको अवसरमा प्रवेशिका परीक्षामा उत्कृष्ट हुने सदस्याका छोराछोरी मध्ये अमृत वयालीका छोरा सागर वयाली, हरि आचार्यका छोरी रश्मी आचार्य र किशोर थापाका छोरा प्रशान्त थापालाई पुरस्कृत गरिएको थियो । त्यसैगरि असल ऋणिहरु विनोज पोटे, पूर्णबहादुर काजी, जगन्नाथ ढकाल उत्कृष्ट वचत सदस्य रमेश सापकोटा, कमल अर्याल, सुरेश वराल उत्कृष्ट शेयर सदस्य नन्दप्रसाद अधिकारी, तेजेन्द्र पौडेल र श्रीकृष्ण भण्डारी बर्ष कर्मचारी कार्यालय सहायक दानवहादुर क्षत्री र कर्मचारी शुष्मा श्रेष्ठलाई सम्मान गरिएको थियो । साधारणसभामा कोषाध्यक्ष लेखनाथ अर्यालले कोषाध्यक्षको प्रतिवेदन तथा सदस्य अभिषेख चौधरीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।उन्नतिको साधारणसभा
पोखराको नयाँवजारमा रहेको उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौँ बार्षिक साधारणसभा एक कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद वाँस्तोलाले सहकारीहरुले रकम संकलन गरि वचत गर्ने मात्र नभई सदस्यहरुलाई उद्यमशिल बनाउनुपर्ने वताए । विशेष अतिथि त्रिथुगाँ ट्रेडिङका प्रवन्ध संचालक डिल्लीराज सुवेदीले सहकारीहरुले आफ्नो छुट्टै पहिचान वनाउनु पर्ने वताए । संस्थाका अध्यक्ष पदमवन्धु पोखरेलो सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजेन्द्र लम्साल, सचिव राजेश रानाभाट तथा शिक्षा संयोजक रेवतीरमण भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाको अवसरमा प्रवेशिका परीक्षामा उत्कृष्ट हुने सदस्याका छोराछोरी मध्ये अमृत वयालीका छोरा सागर वयाली, हरि आचार्यका छोरी रश्मी आचार्य र किशोर थापाका छोरा प्रशान्त थापालाई पुरस्कृत गरिएको थियो । त्यसैगरि असल ऋणिहरु विनोज पोटे, पूर्णबहादुर काजी, जगन्नाथ ढकाल उत्कृष्ट वचत सदस्य रमेश सापकोटा, कमल अर्याल, सुरेश वराल उत्कृष्ट शेयर सदस्य नन्दप्रसाद अधिकारी, तेजेन्द्र पौडेल र श्रीकृष्ण भण्डारी बर्ष कर्मचारी कार्यालय सहायक दानवहादुर क्षत्री र कर्मचारी शुष्मा श्रेष्ठलाई सम्मान गरिएको थियो । साधारणसभामा कोषाध्यक्ष लेखनाथ अर्यालले कोषाध्यक्षको प्रतिवेदन तथा सदस्य अभिषेख चौधरीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Post a Comment