0
पोखरा उपमहानगरपालिका वडा नं.१५ ढुङ्गेसाँघुको सिद्धेश्वर भजन समूहले निजामति कर्मचारी दिवसको अवसर पारी विभिन्न कार्यक्रमहरु गरेको छ ।
कार्यक्रममा यस क्षेत्रका ५७ जना जेष्ठ नागरिकहरुलाई सल ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा समाजका प्रतिष्ठित एवं बुद्धिजीवि समाजसेवी आमा समूहहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष भागवत भाष्कर पण्डित कमलनयन गौतमलाई समेत सम्मान गरिएको थियो ।  । कार्यक्रममा प्रतिक्षालयको आर्थिक विवरण कोषाध्यक्ष खड्क बहादुर भण्डारीबाट प्रस्तुत भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मण खत्रीले गरेका थिए । उक्त अवसरमा फलेपाटन टोल विकास संस्थाका अध्यक्ष चित्रबहादुर भण्डारी, वरिष्ठ समाजसेवी रोमबहादुर भण्डारी, समाजसेवी हरिबहादुर थापा, आदर्श आमा समूहका अध्यक्ष सीता भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम ज्ञानेन्द्र बानियाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन सचिव थानबहादुर कार्कीले गरेका थिए ।

Post a Comment

 
Top