0

कुँडहर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी तीन वर्षका लागि पुनः रिबबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वबन्धु थापा, सचिवमा बद्रि घिमिरे, कोषाध्यक्षमा शिबबहादुर बराल छन् भने सदस्यमा मेघराज घिमिरे, गोमा रायमाझी, निर्मलबहादुर थापा, भरत के.सी, वीरबहादुर थापा, अशोक के.सी र सुशिला खनाल छन् । अधिवेशनले राजेन्द्र वाग्ले संयोजक र डा शुक्रराज अधिकारी, कुश्मराज आचार्य सदस्य रहेको लेखा समिति चयन गरेको छ । यसअघि साधारण सभाको उद्घाटन गर्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका प्राचार्य नारायणप्रसाद अर्यालले सहकारीलाई सदस्य केन्द्रीत र गैरराजनीतिक बनाउनुपर्ने बताए । उनले सहकारीले बचत संकलन र ऋण लगानी मात्रै नगरी उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा जेष्ठ नागरिक सरोकार समाज नेपालका अध्यक्ष हरिप्रसाद किरण ओझा, संस्थाको सदस्य शिबबहादुर बराल र महिला सदस्य गोमा रायमाझीले बोलेकी थिईन् । त्यसअवसरमा विद्या बारिधि गर्ने संस्थाका शेयर सदस्य शुक्रराज अधिकारी, जेष्ठ पुरुष शेयर सदस्य मुक्तिराज घिमिरे, जेष्ठ महिला शेयर सदस्य मानकुमारी के.सी, एसएलसी उतिर्ण शेयर सदस्यका छोराछोरीमध्य उत्कृष्ट अङक ल्याउने छात्र शुशान्तसिंह खड्का र छात्रा अनुषा घिमिरेलाई सम्मान गरिएको थियो । साथै कर्मचारीहरु लाई गिता थापा, कृष्ण थापा, प्रर्मिला के.सी, रेनु भुजेल, सुमन के.सी, कमलबहादुर के.सी र देवीलाल के.सीलाई पुरस्कृत गरिएको थियो । कुँडहर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रिबबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डा. प्रेमबहादुर थापाले स्वागत र सचिव दानबहादुर थापाले कार्यक्रम संचालन गरेका थिए ।

Post a Comment

 
Top