0

जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनमा मंगलबार एक दिवसीय लागूऔषध सम्वन्धी जनचेतना परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
वडा प्रहरी कार्यालय वगर र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा वगरको व्यवस्थापनमा भएको कार्यक्रममा ९२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा तारा पुञ्ज एजुकेशन एकेडेमी र राष्ट्रिय उच्च माविका विद्यार्थीहरुलाई परामर्श दिईएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक अमरबहादुर थापाले लागू औषधका कारण नै समाजका विकृति र विसंगति साथै चोरीको घटना घट्ने गरेको बताउँदै लागूऔषध विरुद्ध सवै एक भएर लाग्नु पर्ने बताए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बगरका निवर्तमान अध्यक्ष पुरुषोत्तम श्रेष्ठले समाजमा हुने विकृति र विंसगति रोक्नका लागि आफैबाट शुरुवात गर्नु पर्ने बताए । कार्यक्रममा असल छिमेकी नेपालका मिलन पहारीले सहजिकरण गरेका थिए ।
लागूऔषध नियन्त्रण सम्वन्धीको १५ दिने अभियान अन्तर्गत कार्यक्रमको आयोजना गरिएको हो । सामुदायिक सेवा केन्द्र वगर तथा सामुदायिक प्रहरी सेवा वगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन तारापुञ्ज एजुकेशन एकेडेमीका संयोजक राजु अधिकारीले गरेका थिए ।

Post a Comment

 
Top