0
नेपाली भाषा र साहित्यमा योगदान पु¥याएको भन्दै पोखरेली युवा रामप्रसाद पौडेल भारतको मिजोर राज्यमा सम्मानित भएका छन् । कास्कीको लामाचौर गाविस घार्मीमा जन्मिएर विगत दुई दशक देखि मिजोरमा रही नेपाली भाषा, साहित्य र पत्रकारितामा क्रियाशिल पौडेललाई त्यहाँको राज्यव्यापी संगठन मिजोरम नेपाली साहित्य समितिले सम्मान गरेको हो ।
सिमापारी क्षेत्रमा नेपाली भाषा र साहित्यको विकाससँग सँगै नेपाली भाषाको वृहत एकतामा भूमिका खेलेको भन्दै सम्मान गरिएको हो । पौडेललाई अखिल भारतीय नेपाली भाषा समितिका आजीवन सदस्य किरणविक्रम राई वान्तवा र समितिका सभापति अनुप क्षेत्रीले नगद पुरस्कार, सम्मानपत्र सहित नेपाली टोपी लगाएर सम्मान गरे । पूर्वोत्तर भारतको मिजोरमको राजधानी औजोलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि राईले नेपाली भाषा र साहित्यको विकासमा लाग्न आग्रह गर्दै पौडेलले पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा  समितिका उपसभापति नरेन्द्र खग, मिजोरम कलेजका प्रोफेसर विक्रम थापा, किरण राव लगायतले बोलेका थिए ।
४० वर्ष अघि स्थापित उक्त संस्थाले यसअघि दुई जना नेपाली भाषीलाई सम्मान गरिसकेको छ । नेपालबाट आएर सम्मानित हुने पौडेल पहिलो व्यक्ति हुन् । व्यवसायको शिलशिलामा मिजोरम पुगेका पौडेल, हाल मिजोरम पत्रकार संघका कार्यकारिणी सदस्य र मिजोरम साहित्य एकेडेमीमा आवद्ध छन् । स्थानय दुरदर्शन टेलिभिजनमा हिन्दी भाषामा सामाचारवाचक पौडेल आकृति नेपाली भाषा र मिजोरम उदय
(हिन्दी) भाषाको साप्ताहिक पत्रिकाको सम्पादक समेत रहेका छन् ।
पौडेलका आँशु खण्डकाव्य, पिरोलिएका व्यथाहरु कविता संग्रह, घाम नदेखिएका विहान, झुकि डाँलियो मे शाख र दस्तक हिन्दी कविता संग्रह प्रकाशित छन् । पौडेल बाटुलेचौरमा रहेको शुक्ला साहित्य समिति सहित विभिन्न साहित्यिक संस्थामा आवद्ध छन् ।

Post a Comment

 
Top