0
जनमुखि बचत तथा ऋण सहकारी संस्था पोखराको छैंटौ साधारणसभा तथा तेश्रो अधिवेशनले रविन कुमार विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
 शनिबार पोखरामा सम्पनन अधिवेशनले उपाध्यक्षद्धयमा दशरथ सुनार र सन्तबहादुर विश्वकर्मा, सचिवमा गोपाल बस्याल, सहसचिवमा गोर्खाविक्रम पोखरेल, कोषाध्यक्ष सोमप्रताप घिमिरे विश्वकर्मा सह–कोषाध्यक्षमा अम्मरकुमार विश्वकर्मालाई निर्वाचित गरेको छ । सहकारीको सदस्यहरुमा महेन्द्र विश्वकर्मा, जगमाया सुनार, किसन घिमिरे, कुमार नेपाली, किशोर वि.क, शालिकराम नेपाली र सिता पन्थी चयन भए ।
लेखा समितिको संयोजकमा बावुलाल वि.क, सदस्यद्धयमा कृष्णबहादुर वि.क र भोजराज वि.क, शिक्षा समितिमा ध्रुवकुमार सेन्चुरी र उमेश अछामि तथा ऋण समितिमा सोमप्रताप घिमिरे विश्वकर्मा र भोजराज बि.क रहेका छन् । साधारणसभाको उद्घाटन सभासद कमला विश्वकर्माले गरेकी थिईन ।

Post a Comment

 
Top