0
कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा – १३ को शनिवार सम्पन्न १६ औ वार्षिक साधारण सभा तथा अधिवेशनले आगामी तीन वर्षका लागि पुनः शरदकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सदस्यहरुमा तीर्थबहादुर बस्नेत, शान्तकुमार श्रेष्ठ, थमनबहादुर गुरुङ, माधव सिग्देल, शारदा पराजुली र मथुरा सिग्देल छन् । समितिको पहिलो बैठकले पदाधिकारी चयन गर्ने छ । अधिवेशनले ज्ञानेन्द्र सिग्देलको संयोजकत्वमा बजिरमान श्रेष्ठ र टिकाबहादुर कार्की सदस्य रहेको लेखा समिति चयन गरेको ।
यसअघि साधारण सभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सुन्दर वीचार र दृष्टिकोणबाट नै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिने बताए । उनले सहकारीहरुको अवस्था अस्तव्यस्त बनिरहेका बेला कोन सहकारी नमुनाबन्दै अन्यलाई पनि सिकाउन अघि सर्नुपर्ने उल्लेख गरे । पुर्वअध्यक्ष मुल्मीले समुदायप्रति समर्पित संस्थाले छिट्टै उन्नति र प्रगति गर्न सक्ने बताए । कार्यक्रममा भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष बजिरमान श्रेष्ठ, जनकल्याण समितिका अध्यक्ष लोकबहादुर कार्की, समाजसेवी भिमकाजी गुरुङ, संस्थाका सल्लाहाकार नारायणप्रसाद पराजुली र सदस्य माधव सिग्देलले सहकारीले मुनाफालाई मात्रै ध्यान नदिएर सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको बताए । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शरदकान्त सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तीर्थबहादुर बस्नेतले स्वागत र सचिव शान्तकुमार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

Post a Comment

 
Top