0
वैदाम महिला विकास समुह पोखरा ६ वैदामका दिदीवहीनीहरुले वाढी पीडित तथा विपन्न वर्गकालागि संकलन गरेको राहत सामाग्री एक कार्यक्रम बीच आइतवार हस्तान्तरण गरेका छन् ।
नेपाल पत्रकार महासंघ नेपालका केन्द्रीय सदस्य सामाजिक अभियन्ता सुष्मा पौडेललाई उनिहरुले ५ हजार ५ सय ५ रुपया नगद सहित लक्ताकपडा समेत हस्तान्तरण गरेका हुन् । मानव विकास मंच नेपालका अध्यक्ष समेत रहेकि पौडेलले राहत तथा कपडा संकलन अभियानको सहयोग गर्ने संस्था तथा व्यक्तिहरु स्वत सदस्य हुने जानकारि दिदै अन्य दिदीवहीनीहरुलाई समेत उक्त राहत संकलन अभियानमा लाग्न अनुरोध गरिन् ।साथै दशैका अवसरमा वालवालिकाका लागि कपडा संकलन अभियान समेत थप गरिएको समेत जानकारी दिदै सम्पुर्ण दिदीवहीनीहरुलाई धन्यवाद समेत ज्ञापन गरिन् । त्यस्तै समाजसेवि देवका पहारीले यस्ता अभियानले साच्चै नै सामाजिक सचेतना तथा विपन्न वर्ग तथा पिढितहरुलाई राहत प्रदान गर्ने धारणा व्यक्त गरिन् । त्यस्तैगरि चेलि नेपालका अध्यक्ष पवित्रा थापाले सेवा नै धर्म भएको कारण सम्पुर्ण वैदामवासी दाजुभाई दिदीवहीनीहरु लाई उक्त अभियानमा लाग्न आह्वान समेत गरिन् ।अध्यक्ष उमा काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य उपाध्यक्ष जगत्कुमारी थापाले र कार्यक्रमको संचालन सहसचिव उमाभण्डारी रेग्मीले गरेकि थिइन् । उक्त कपडाहरु पवित्रा र काफ्लेले संकलन केन्द्र सिर्जना विकास केन्द्रको भवनमा सृजना महिला वचत तथा ऋृण सहकारिको कार्यालयमा लगेर शुक्रवार नै वुझाएका छन् ।

Post a Comment

 
Top