0
पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कास्की बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष सुदिप ढकालले कुनैपनि संस्था मापदण्डमा हुनु जरुरी भएको र संस्था बिगार्ने बदमाशहरुलाई कारवाही गर्नुपर्ने बताए । सम्पूर्ण शेयर सदस्य जागरुक हुनु जरुरी रहेको बताउदै भने –“जहाँ रहन्छौँ, त्यहाँ गर्छौ भन्ने प्रण गर्नुपर्दछ ।”
कार्यक्रममा विश्व विकास बैंकका शाखा प्रमूख सुर्य बहादुर रानाभाटले शेयरपुजीँ बढाई संस्थालाई अगाडि बढाउन आग्रह गरेका थिए भने अर्का अतिथि रोटरी क्लव अफ पोखरा मिड टाउनका सदस्य पशुपति श्रेष्ठले संस्थाको उन्नती प्रगती देख्न पाईयोस् भनेका थिए । त्यसैगरि नेपाल एक्स्प्रेस फाइनान्स कम्पनी लिमिटेड पोखरा शाखाका प्रमूख रबिचन्द्र खनालले खर्चलाई घटाएर नाफालाई बढाउनु पर्नेमा जोड दिएका थिए । कास्की बचत तथा ऋण सहकारी संघका संचालक सदस्य मिरा अधिकारीले सभामा कविता वाचन मार्फत सफलताको शुभकामना दिएकी थिईन् । सभामा शेयर सदस्यको तर्फबाट एस अन्जना सुन चाँदी दोकानका संचालक मनकुमार विश्वकर्माले आफ्नो मन्तव्य राखेका थिए ।
उल्लेख्य सहभागिताको साथमा चलेको साधारण सभामा सहकारीका अध्यक्ष जितेन्द्र थापाले अध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक प्रदिप खनालले लेखा समितिको प्रतिवेदन र संस्थाका सचिव मनोज कुमार ढकालले सचिवको प्रतिवेदन वाचन गरेका थिए । कार्यक्रममा शेयर सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो भने सहकारीमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो । जसमा गोसाइकुण्ड एग्रो प्रोजेक्टका संचालक तिर्थराज तिमिल्सिना, सम्झना फ्रेस हाउसका संचालक रमेश खड्की, उत्कृष्ट बाल बचतकर्ता सचिन शर्माका संरक्षक उमाकान्त शर्मा तथा उत्कृष्ट कर्मचारी कर्जा अधिकृत लाल बहादुर रानाभाटले सम्मान पाएका हुन् । सहकारीका सात सिद्धान्त बाचन लाल बहादुर रानाभाटले गरेको कार्यक्रममा संस्थाका प्रबन्धक सत्यराज बरालले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरि संस्थाका अध्यक्ष जितेन्द्र थापाको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका लेखापाल सुरज न्यौपानेले गरेका थिए ।

Post a Comment

 
Top