0
नेपाल महिला संघ वडा इकाई पोखरा ५ को वडा भेला मंगलबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल महिला संघ कास्कीका जिल्ला सभापति तारा अधिकारीले महिला संघका कुनै पनि सदस्यहरुले पक्ष–विपक्षमा नलागेर पार्टीको लागि एकजुट हुनुपर्ने बताएकी छिन् । शुद्ध नेपाली काग्रेस बन्नका लागि गुट–उपगुट भएर काम गर्नुभन्दा पनि एकजुट भएर काम गर्न सबैलाई आग्रह पनि गरिन् । साथै अबका दिनमा महिला संघमा आबद्ध हुन चाहाने महिलाहरुलाई सदस्यता वितरण गरिने पनि उनले जानकार िदिएकी छिन् । महिला संघकी क्षेत्रीय सभापति रजनी केसीले संगठन बिस्तारको लागि सबै जना  सक्रिय भएर लाग्नुपर्ने बताइन् । साथै अबका दिनहरुमा कुनै व्यक्तिलाई सदस्यता प्रदान गर्दा पार्टीको लागि दिलो ज्यान दिएर लाग्न सक्ने व्यक्तिलाई मात्र प्रदान गर्नुपर्नेमा पनि केसीले जोड दिएकी छिन् । नेपाली काग्रेस वडा इकाई सभापति भरतराज पौडेलले महिला संघ नेपाली काग्रेसको भातृ संगठन भएकाले काग्रेसलाई एकजुट गराएर लैजानका लागि सबै जुट्नुपर्नेमा जोड दिए । साथै महिला संघको विस्तारका लागि महिला र पुरुष दुवै उक्ति कै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा महिला संघका सदस्यहरु शकुन्तला त्रिपाठी, विजयलक्ष्मी कोइराला, दिलमाया कोइराला, शुभद्रा कोइराला, सीता भट्टराई, सीता कोइराला लगाएतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । वडा इकाई समितिका सभापति लक्ष्मी कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संघकी सचिव पार्वती गौतमले गरेकी थिइन् ।    

Post a Comment

 
Top