0
कसमस इन्टरनेशनल कलेजको आयोजनामा अतिरिक्त क्रियाकलाप अन्तर्गत, विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गराउन कलेजमा अध्ययनरत विद्यार्थीहरुका बीच अन्तर सदनात्मक वक्तित्वकला प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा आइन्सटाइन, ग्यालिलियो, न्यूटन र डार्बिन हाउसका चार टिमवाट तेह्र जना सहभागी भएका थिए । उक्त कार्यक्रममा ग्यालिलियो हाउसवाट दिपेन गुरुङ्ग प्रथम, आइन्सटाइन हाउसवाट अञ्जली बिजुछ्रे द्वितीय र डार्बिन हाउसवाट नुतन थापा र अनु सरुले क्रमशः तृतीय र सान्त्वना स्थान प्राप्त गरेका थिए । उक्त कार्यक्रम दोश्रो वर्षमा अध्ययनरत समिना गुरुङ्गले सञ्चालन गरीकी थिइन भने निर्णायकहरुमा कलेजका ऐकेडेमीक को–अर्डिनेटर प्रदिप कुमार लम्साल, प्रशासक भरत गुरुङ्ग र शिक्षिक ई.आरति गुरुङ्गले गरेका थिए । कार्यक्रममा बिजयी विद्यार्थीहरुलाई कार्यकारी निर्देशक तेज गुरुङ्गले खादा लगाई बधाई ज्ञापन गरेका थिए ।

Post a Comment

 
Top