0

कोपिला बचत तथा ऋण सहकारीसंस्था लि. सिद्धार्थचोक पोखराले आफ्नो सातौ वार्षिक साधरण सभा शनिबार सम्पन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि एवं कास्की बचत तथा ऋण सहकारी सङ्घ लि.का अध्यक्ष भीम गुङगले सहकारीहरुले अनेक चुनौतिसंग समाना गर्न परिरहेको वर्तमान परिस्थितिमा कोपिला वचत तथा ऋण सहकारी संस्था लि.ले अत्यन्त राम्रो काम गरी राम्रो संस्थाको रुपमा स्थापित भएकोमा वधाई दिए । कर्यक्रममा सहकारी डिभिजन कार्यलयका प्रशिक्षक प्रकाश भुजेल, सहकारी सङ्घ कास्कीका संचालक हरिभक्त पौडेल, मिलिजुलीका अध्यक्ष कमलनाथ कुवँर, नव साथी सहकारीका  अर्जुन प्रसाद पाण्डे, कलम सहकारीका अध्यक्ष ऋषिराम शर्मा भण्डारीले पनि मन्तव्य राखेका थिए । कार्यक्रमा कक्षा १२ उत्तिण गर्ने संस्थाका सदस्यका छोरा छोरीहरु  प्रिन्स रेग्मी,रोशनी भुजेल, पवन आचर्य, अस्मिता जि.सी, दिपिका थापा, सविता सुवेदी, विष्णु सुवेदीलाई सम्मान गरिएको थियो ।  वन्द सत्रले श्याम प्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ ।
उपाध्यक्षमा सुर्य बहादुर जि.सी, सचिवमा ठाकुर प्रसाद प्रोखेल, कोषाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, सदस्यहरुमा विष्णु प्रसाद अधिकारी, राजेन्द«मणि पौडेल, संजय पौडेल, विष्णु प्रसाद अधिकारी ९प्०, सिमा थापा, निर्वाचित हुनुभएको छ । त्यसै गरि लेखा समिति संयोजकमा सुर्यबहादुर खड्का, सदस्यहरुमा ज्ञानेन्द« सुनार, थानेश्वर तिवारी चयन भएका छन् ।  शिक्षा समितिमा विष्णु प्रसाद सुवेदी, उपेन्द«राज पोख्रेल चयन भएका छन् भने ऋण समितिमा केशवराज अधिकारी, धननाथ सापकोटा चुनिएका छन् । वन्द सत्रमा निर्वाचन अधिकृत डि.पि अधिकारी, सुर्य प्रसाद लम्साल र रामचन्द« शर्मा रहेका छन् । संस्थाका अध्यक्ष ज्ञान बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन श्याम प्रसाद पौडेलले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष मदन आचार्यले राखेका थिए ।

Post a Comment

 
Top