0
फूलवारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा तथा अधिवेशनको बिहीबार सम्पन्न भयो । संस्थाका अध्यक्ष रामप्रसाद बांस्तोलाको अध्यक्ष्यतामा भएको कार्यक्रममा प्रमु अतिथि संस्थाका वयोवृद्ध शेयर सदस्य मोदनाथ वाँस्तोला रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि बाँस्तोला,  सल्लाहकार तथा निर्वाचन समितका संयोजक टुवराज बाँंस्तोला, सचिव मुक्तिनाथ बाँंस्तोला, कोषाध्यक्ष  टीकाराम बाँस्तोला लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा २०७० सालको एसएलसी परीक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने रस्मिता बाँस्तोला, शिवहरि बांँस्तोला, ज्येष्ठ शेयर सदस्य विष्णुहरि बाँस्तोला र गौरी बाँस्तोला, पवित्रा बाँस्तोला, तुलसी बाँंस्तोला, टोपकुमारी बाँस्तोला र गंगा बाँस्तोलालाई सम्मान गरिएको थियो ।
यस्तै संस्थाको आगामी  कार्यकालका लागि टीकाराम बाँंस्तोला संचालक समितिको अध्यक्षतामा चयन भएका छन् । निर्वाचन अधिकृत टुवराज बाँस्तोला रहेका थिए । संचालक समितिका उपाध्यक्षमा नारायाण प्रसाद बाँस्तोला, सचिवमा मुक्तिनाथ बाँस्तोला कोषाध्यक्षमा हरिप्रसाद बाँस्तोला र सदस्यहरुमा राजेन्द्र बाँस्तोला, मैया बाँस्तोला शाारदा बाँस्तोला, पुष्पराज बाँस्तोला, विष्णुमाया बाँस्तोला, सुजन बाँस्तोला र रामचन्द्र बाँस्तोला चयन भएका छन । साथै लेखा सुपरीवेक्षण समितिका संयोजकमा मनोज बाँस्तोला र सदस्हरुमा सविना बाँस्तोला र वसन्तराज बाँस्तोला चयन भएका छन् ।
यसैगरी संचार बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारण सभा बिहीबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै  जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष भिमबहादुर गुरुङले सहकारीका सात सिद्धान्तको मर्म र भावनालाई सहकारीले आत्मसात गर्नुपर्ने भन्दै सहकारी अनुगमनले संस्थालाई झन् मजबुत बनाउने बताए । कार्यक्रमा ओम फाइनान्सका महाप्रबन्धक बुद्धि मल्ल, मुनाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेघनाथ काफ्ले, कोपिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम प्रसाद पौडेल, संचार व्यवसायी समितिका निर्वतमान अध्यक्ष जयन्द्र राजभण्डारी, समाजसेवी टेकन गिरी लगायतले सहकारी अगाडि बढ्न संचालक समिति मात्र नभई शेयर सदस्यहरुको पनि सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए । सहकारीका अध्यक्ष धनञ्जय पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन प्रेम दाहाल, संस्थाको वार्षिक कार्य प्रगति प्रतिवेदन सचिव एवं प्रबन्ध संचालक पवित्रराज तिवारीले प्रस्तुत गरेका थिए ।
यसैगरी कास्कीकोटस्थित पामे वचत तथा ऋण सहकारी संस्थाको बिहीबार सम्पन्न दोस्रो अधिवेशनले महेश्वर दवाडीलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा नवराज पराजुली, सचिवमा अग्निधर त्रिपाठी, सहसचिवमा मिनराज खड्का, कोषाध्यक्षमा खिमनाथ तिमिल्सिना तथा सदस्यहरुमा युवराज तिमिल्सिना, गीता कुमारी पौडेल (दवाडी), लक्ष्मण तिमिल्सिना, रेवती पौडेल, रवीन्द्र प्रसाद तिमिल्सिना र देवी कार्की रैलेखा समिति संयोजकमा लेखनाथ पराजुली रहेको निर्वाचन समितिका संयोजक विमलप्रसाद शर्माले जानकारी दिए । यसअघि अधिवेशनको उद्घाटन सहकारी डिभिजन कार्यालय पोखराका सहायक प्रमुख बालकृष्ण सुवेदीले सहकारीले गरेका थिए ।  कार्यक्रममा सहकारीका सचिव अग्निधर त्रिपाठी, सदस्य गीता कुमारी पौडेल (दवाडी), निर्वाचन समिति सदस्य डिल्लीराम भट्टराई, शान्ता उच्च मावि सराङकोटका उच्चमावि संयोजक शिवकुमार लामिछाने लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा संस्थाका निमित्त अध्यक्ष नवराज पराजुलीले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष खिमनाथ शर्मा तिमिल्सिनाले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक लेखनाथ पराजुलीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरी शिशुवा कृषि सहकारी संस्था लेखनाथ–८, शिशुवाको आठौं वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलय पोखराका प्राचार्य वद्रिप्रसाद अधिकारीले सहकारी भनेको सहकार्य हो, जसले छरिएर रहेको पुजीलाई एकीकृत गरि सेयर सदस्यमा आय आर्जनमा सहयोग पु¥याउने बताए । संस्थाका अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षतामा भएको  कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष शिवजी कोईराल, लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, कामना विकास बंैकका कार्यकारी अधिकृत उमेश कुमार आचार्य, लेखनाथ सहकारी मञ्चका उपाध्यक्ष सोमलाल कंडेल, शिशुवा महिला सहकारीका सचिव गायत्री ढकाल, लेखा परीक्षक एलके शर्मा, शिक्षाविद् बामदेव जमरकटेल, ध्रव कल्पित सुवेदी र शेयर सदस्य ऋषिराम जमरकटेल लगायतले आ आफनो भनाई राखेका थिए । कार्यक्रममा कृषितर्फ मौरी पालक सूर्यप्रसाद तिवारी, बाख्रा पालक अर्जुन ओझा र गाई पालक बावुराम ढकाल सम्मान गरिएको थियो ।

Post a Comment

 
Top