0

गण्डकी र धौलागिरी अञ्चलको आधिकारिक विक्रेता बतास अटोमोबाइल्सले अटोगियर सहितका सुजुकी सेलेरियो पोखरामा सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी बतास ब्रदर्शले उक्त गाडी  सार्वजनिक गरेको हो । बतास ब्रदर्सका व्यवस्थापक गणेश ढकालले नेपाल र भारतमा यो गाडी पहिलो पटक सार्वजनिक भएको बताए । भारतमा भने ८ महिना अगाडि सार्वजनिक भएको समेत ढकालले जानकारी दिए । प्यासेन्जर कारको श्रेणीमा अटोगियर सुविधा रहेको सो गाडी नेपालको प्रथम कार हो । म्यानुअल टूान्समिसन जत्तिकै माइलेज दिने सुजुकी सेलेरियो चलाउने अनुभवलाई इ जेड ड्राइभ भनेर वर्णन गरिएको छ । साथै नेपाली बजारमा र कारका सौखिनहरुलाई नौलो अनुभव दिने पनि कम्पनीको दावी छ । एटु सेग्मेन्टमा नयाँ उत्साह र उर्जा थप्नुका साथै कारमा विभिन्न सुविधाहरु प्नि रहेका छन् । साथै म्यानुअल तथा अटोगियर दुवैको २३.१ लिटरको माइलेज रहेको छ । नेपाली बजारमा यो कारको सुरुवाती मूल्य १९ लाख ९९ हजार रहेको ढकालले जानकारी दिए । कारमा १ लाख सम्मका नगद छुटका साथै स्क््रयाच मार्फत अतिरिक्त नगद ५० हजार सम्मको छुटको व्यवस्था समेत कम्पनीले गरेको छ । सो गा आकर्षक डिजाइनमा, धेरै स्पेस लगायतका विशेषताहरु समेत रहेका छन् । ५ वटा मोडलमा रहेको र सुजुकी सेलेरियो कि नेक्स्ट पेट्रोल इन्जिनमा आधारित छ ।

Post a Comment

 
Top