0
मध्य पश्चिम विकास क्षेत्रका विभिन्न जिल्लाहरु विशेषगरी वर्दीया जिल्लामा आएको वाढिले घरवास गुमाएका र भोकमरीमा परेका जनताको निम्ति पोखराका केही संस्थागत विद्यालयहरुले सोही स्थानमा पुगेर राहत वितरण गरेका छन् ।
वर्दिया जिल्लाको पदनाह गा.वि.स.का विपतिमा परेकाहरुलाई राहत स्वरुप न्यू लाइट उच्च मा.वि. लेखनाथबाट रु. ५ हजार केफ उच्च मा.वि. सिमपानीबाट रु ५ हजार, सगरमाथा निकेतन स्कुल नयाँबजारबाट रु. ६ हजार सरस्वती आदर्श विद्याश्रम लामाचौरबाट रु. १० हजार प्रगति बोर्डिङ स्कुल बाटुलेचौरबाट रु. १० हजार, डायमण्ड उच्च मा.वि. लेखनाथबाट रु. १० हजार, माउण्ट अन्नपूर्ण उच्च मा.वि. नदिपुरबाट रु. १० हजार, मदरल्याण्ड उच्च मा.वि., मासबारबाट रु. ५० हजार ५ सय, तथा ग्लोबल कलिजियट उच्च मा.वि. रानीपौवाबाट रु. १लाख ४६ हजार १५० गरी कुल रु. २ लाख ५७ हजार ६५० संकलन गरी ग्लोबल कलिजियट उच्च मा.वि.का प्राचार्य तथा हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त तथा मदरल्याण्ड उच्च मा.वि. का निर्देशक त्रिभुवन शर्मा यहि भाद्र १३ गते वर्दिया पुगेका थिए । उनीहरुले पदनाह गा.वि.स. का वाढिबाट विशेष रुपमा प्रभावित थारु बाहुल्य वडाहरु ७, ८ र ९ मा गरी ४५० वाढिपिडित तथा घरबार विहीन परिवारलाई भेला गराइ ६३ क्विन्टल चामल वितरण गरेका थिए । उक्त गा.वि.स.का स्थानीय वासिन्दा शिशिर कडेल तथा पूर्ण शर्माले सम्पर्क व्यक्तिको रुपमा सहजिकरण गरेका थिए ।

Post a Comment

 
Top