0
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले नयाँ(नयाँ प्रविधिका कारण शान्ति सुरक्षामा चुनौति रहेको बताएका छन् । शान्ति र विकास हाम्रो अभियान भन्ने मूल नाराका साथ अन्तर्राष्टिूय शान्ति दिवसको अवसरमा पोखरामा निकालिएको प्रभातफेरी कार्यक्रममा उनले यस्तो बताएका हुन् । साथै कार्यक्रममा उनले हरेक घरघरबाट शान्तिको अभियान शुरु गर्नुपर्नेमा जोड दिएका छन् । पोखराको सभागृहचोकबाट शुरु भएको प्रभातफेरी, न्यूरोड चिप्लेढुङ्गा हँुदै मानवअधिकार चोकमा पुगी कोण सभामा परिणत भएको थियो । स्थानीय शान्ति समिति, शान्तिका लागि नागरिक समाजको सञ्जाल र महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीको आयोजनामा अन्तर्राष्ट्रिय शान्ति दिवस सम्पन्न भएको हो । वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बरालले समाजका शान्ति कायम गर्न सबैले एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिए । शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक रामप्रसाद सुवेदीले विकासको अधिकार, शिक्षाको अधिकार, रोजगारीको अधिकार लगायका शान्तिका पूर्वाधारहरु तयार हुनु पर्ने बताएका छन् । शान्ति र विकास हाम्रो अभियान भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा पोखरामा प्रभातफेरी कार्यक्रम आईतबार सम्पन्न भएको छ । महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष सरलाकुमारी पाण्डेले विस्तृत शान्ति सम्झौता भएको आठ वर्ष वितिसक्दा पनि द्वन्द्वपीडितहरुले न्याय पाउन नसकेको बताउँदै पीडितले न्याय नपाएसम्म शान्ति स्थापना हुन नसक्ने धारणा व्यक्त गरिन् । स्थानीय शान्ति समितिका संयोजक रामजीप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इन्सेक पश्चिमाञ्चल संयोजक शिव खकुरेलले गरेका थिए । कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, नागरिक समाज लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।

Post a Comment

 
Top