0
जागिरको करार सम्झौता रद्ध गरेको भन्दै आन्दोलित शिक्षकहरुले पोखरा विश्वविद्यालयमा तोडफोड गरेका छन् । विश्वविद्यालयको कार्यकारी समितिले असोज २ गतेदेखि ८० शिक्षक र ६ कर्मचारीको करार रद्ध गरेकाले आन्दोलन गरेको करार प्राध्यापक संघका अध्यक्ष युवराज त्रिपाठीले जानकारी दिए । आइतबार बिहानैदेखि जम्मा भएका उनीहरुले उपकुलपति, रजिस्ट्रार र डीन लगायतको कार्यकक्षमा तोडफोड गरेका हुन् । विश्वविद्यालयले आफ्नो नियमानुसार कसैलाई पनि १ वर्षभन्दा बढी करारमा राख्न नमिल्ने भन्दै हटाएको विश्वविद्यालयले जनाएको छ । आफूहरुलाई त्यसरी हटाउनुभन्दा नियम संशोधन गरी जागिर थमौती गर्नुपर्ने आन्दोलित प्राध्यापकहरुले माग गरेका छन् ।   आन्दोलित शिक्षकले तोडफोड गर्दा विश्वविद्यालयका ४ थान प्रिन्टर ३, कम्प्युटर, करिव ५० को संख्यामा गमला, १ थान दराज, तीन थान टेवाल, ४ वटा कुर्सी, ५ वटा टेवल माथिका सीसा, १ ल्यापटप तोडफोड गरेका छन् ।  आप्mना माग राख्न विश्वविद्यालय पुग्दा प्रहरी दमन गरिएकाले तोडफोडमा उत्रनुपरेको आन्दोलित शिक्षक मध्येका एक योगराज लामिछानेले जानकारी दिए ।
यता,विश्वविद्यालयका उपकुलपति खगेन्द्र भट्टराईले भने नियमानुसार शिक्षकहरुको सेवालाई निरन्तर गरिने बताए । उनका अनुसार पोखरा विश्वविद्यालयको नियमानुसार नयाँ प्रक्रियाबाट शिक्षकलाई निरन्तरता दिन अख्तियारले समेत भनेकाले त्यसो गर्नुपरेको हो । ‘नियमवद्ध तरिकाले उहाँहरुको सेवा अविछिन्न हुन्छ,’ भट्टराईले भने । आईतवार विहान ११ वजेदेखि विना सूचना आफनो रोजीरोटी खोसिएको भन्दै आक्रोशित प्रध्यापकहरुले तथानाम गाली गर्दै आफूहरुलाई हटाएर विश्वविद्यालय चलाउन चेतावनी दिएका छन् । 

Post a Comment

 
Top