0


जेष्ठ नागरिक सरोकार समाज नेपालले संचालन गरेको जेष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट पोखराका युवा पत्रकार प्रकाशचन्द्र सापकोटा पुरस्कृत हुने भएका छन् । पुरस्कारको राशि नगद पाँच हजार पाँच सय ५५ सहित दोसल्ला र सम्मान पत्र रहेको छ ।
सो पुरस्कारबाट पहिलो पटक पत्रकार सापकोटा पुरस्कृत हुन लागेका हुन् । जेष्ठ नागरिक सरोकार समाज नेपालका अध्यक्ष हरिप्रसाद किरण ओझाको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले उनलाई सो पुरस्कार दिने निर्णय गरेको हो ।  छनौट समितिको सदस्यमा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पुर्वअध्यक्ष कृष्णप्रसाद बाँस्तोला, संस्थाका प्रवत्ता नारायण प्रसाद सुवेदी, पुरस्कार रकमका सहयोगदाता खिमलाल पराजुली सदस्य रहेका थिए । संस्था स्थापनाको दिन तथा दोस्रो साधारण सभाको अवसरमा असोज सात गते मङ््लबार सो पुरस्कार प्रदान गरिने सदस्य सचिव विष्णुप्रसाद भण्डारीले जानकारी दिए । पत्रकार सापकोटा आदर्श समाज राष्ट्रिय दैनिकका बरिष्ठ सम्वाददाता हुन् ।
उनी एक दशकबढि समयदेखि पत्रकारितामा क्रियाशिल छन् । सोहि अवसरमा विभिन्न क्षेत्रबाट जेष्ठ नागरिकका समस्यामा सहयोग गर्ने अन्य आठ जनालाई पनि सम्मान गरिने छ । कार्यक्रममा यशस्कर सदस्य विष्णुकुमारी सापकोटा, जेष्ठ सदस्य कलानिधी पौडेल, पुनरावेदन अदालत पोखराका न्यायधिश डिल्लिराज आचार्य, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रमेशप्रसाद अधिकारी, वात्सायन बृद्वाश्रमकी सेविका सिता वाग्ले, कुँडहर सेवा समितिका पुर्व अध्यक्ष दानबहादुर थापा र आजिवन सदस्य कृष्णप्रसाद बराललाई सम्मान गरिने छ ।

Post a Comment

 
Top