0
युवाहरुमा असल नेतृत्व विकास गराउने उद्देश्यले शुक्रबार पोखरामा दुई दिने अलौकिक गोष्ठी सुरु भएको छ । आदर्श ब्यक्तिबाट नै आदर्श परिवार, आदर्श परिवार बाट नै आदर्श समाज र आदर्श समाजबाट नै आदर्श राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने उद्धेश्यले सो नेतृत्व विकास गोष्ठी आयोजना नगरिएको हो ।
पोखराको विभिन्न क्याम्पसमा अध्यन्नरत विद्यार्थीहरुको सहभागितामा सिद्धान्त अनुसन्धान महाविद्यालय संघ र विश्व शान्ति तथा एकिकृत परिवार संघको सयुक्त आयोजनामा गोष्ठी सुरु भएको जानकारी विश्व शान्ति तथा एकीकृत परिवार संघ पोखराकी संयोजक शान्ति सुवेदीले गराइन् ।
भविष्यका कर्णधार युवालाई असल नेतृत्व विकास गराउने उद्धेश्यल सञ्चालित उक्त गोष्ठीमा ब्रहमाण्डीय शान्ति महासंघ पश्चिमाञ्चल संयोजक रामचन्द्र देवकोटा र कार्यक्रम संयोजक दिपक बाँस्तोलाले प्रशिक्षण दिएका थिए भने कार्यक्रमको सञ्चालन सोम सुनारले गरेका थिए । शनिबारसम्म सञ्चालन हुने उक्त गोष्ठीमा पोखराको अमरसिंह उच्च मावि, महेन्द्र उच्च मावि, भद्रकाली बहुमुखि क्याम्पस लगायतका विद्यालयको सहभागिता रहेको छ ।

Post a Comment

 
Top