0
युवापुस्तामा लोकप्रिय उपन्यास ‘साया’ माथी केन्द्रीत रहेर पोखरामा ‘बुक पार्टी वीथ साया’ हुने भएको छ । किताबमा आधारित रहेर भिन्न शैलीको कार्यक्रम असोज ९ गते गर्न लागिएको हो ।
पोखरा फ्रिक रिडर्सको आयोजनामा हुने कार्यक्रममा ‘साया’माथी संक्षिप्त परिचर्चासंगै डान्सपार्टी पनि हुनेछ । लेखक सुविन भट्टराइको उपस्थितिमा कार्यक्रम सञ्चालन हुने पोखरा फ्रिक रिडर्सका संयोजक अर्जुन गिरीले बताए । कार्यक्रममा युवा पुस्ताको बाक्लो उपस्थिति हुने उनको अपेक्षा छ । ‘किताबमाथी केन्द्रित भएर  फरक स्वादको  कार्यक्रम गर्न लागेका छौं’ गिरीले भने, ‘कार्यक्रमले युवायुवतीलाई पठन संस्कृतिको विकास गर्नेछ  ।’ असोज ९ गते दिउँसो ४ बजेबाट साँझ ६ बजेसम्म पोखराको चिप्लेढुङगामा रहेको दि भिलेज रेष्टरेन्ट चिप्लेढुङगामा  कार्यक्रम हुनेछ । कार्यक्रममा उपस्थितिका लागि दुई सय रुपैयाको टिकट लाग्ने आयोजकले बताएका छन् । सहभागीहरुले वेलकम ड्रिङक्स, स्न्याक्स र डान्स गर्न पाउनेछन् । पोखरा फ्रिक रिडर्स पठन संस्कृतिको विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालमा आबद्ध छ ।
‘बुक पार्टी वीथ साया’ को लागि बिशेष सहयोगी ¥याण्डम रहेको छ । ‘नयाँ पुस्ता जो विन्दास छन् उनीहरुलाइ पनि किताब अध्ययनमा जोड्न सकिन्छ कि भनेर फरक कार्यक्रम गर्न लागेका हौं’ पोखरा फ्रिक रिडर्सका महेशकुमार खातीले भने, ‘यसले सहयोग पु¥याउने अपेक्षा लिएका छौं ।’ ‘साया’ चर्चित उपन्यास ‘समर लभ’को सिक्वेल हो । प्रेममा केन्द्रित रहेको यी दुवैलाइ नयाँ पुस्ताले खुबै रुचाएको छ । आयोजक रिडर्सका अर्का सदस्य हिमाल लम्सालले प्रेम गर्ने हरेक मान्छे ‘बुक पार्टी वीथ साया’ मा आउनुपर्ने बताउँछन् । ‘पोखरामा नै फरक तवरले कार्यक्रम हुनेछ, सबै आउनु होला है ।’ लम्सालले भने ।
कार्यक्रमका सहयोगीहरुमा सफल मिडिया हाउस नयाँबजार, ओम्स अब्रोड कन्सल्ट महेन्द्रपुल, हिमालय अफसेट प्रेस नयाँबजार, कङगारु एजुकेसन फाउण्डेसन महेन्द्रपुल, दी नेक्स्ट इन्स्च्यिुट चिप्लेढुङ्गा, आइटी की पोखरा, बुक मार्ट गैरापाटन, बिग एफ.एम र एलाइट ग्रुप अफ कन्सल्टेन्ट रहेका छन् । हिमालयन रिडर्स कर्नर पालिखेचोँक, दि भिलेज रेस्टुरेन्ट चिप्लेढुङ्गा, टेल इन सर्भिस नयाँबजार, ओजन डिस्को लेकसाइड र क्रियटिभ कम्प्युटर बगरबाट टिकट लिन सकिने आयोजकले बताएका छन् ।

Post a Comment

 
Top