0
 बाल तथा महिला शसक्तिकरण नेपालको अध्यक्षमा सीता भट्टराई चयन भएकी छिन् । संस्थाको शुक्रबार सम्पन्न १५औं साधारणसभा तथा आठौ अधिवेशनले भट्टराईको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा भुवन पराजुली, सचिवमा गीता आचार्य, कोषाध्यक्षमा रेखा मर्सानी,  सहसचिवमा मोना गिरी चयन भएका छन् । त्यस्तै गरि सदस्यहरुमा लक्ष्मी पोख्रेल, विमला भण्डारी, रजनि श्रेष्ठ, युमाया पुन, विन कुमारी गुरुङ र मीना पाण्डे रहेका छन् ।  कार्यक्रमको उद्घाटन गर्दै नस्वास्थ कार्यलयका प्रमुख रमेश प्रसाद अधिकारीले संस्थाले महिला तथा वालवालिकाको क्षेत्रमा उल्लेख्य कार्य गरेको बताए । कार्यक्रममा संचारकर्मी विमला भण्डारी, संरक्षक सरला कुमारी पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, गैरसरकारी संस्था महासंघ कास्कीका उपाध्यक्ष तथा नौलो घुम्ती नेपालका अध्यक्ष पदम पहारी, गैरसरकारी संस्था महासंघका कृष्ण कँुवर लगायतले आ–आफ्नो भनार्य राखेका थिए । अध्यक्ष इन्द्रकुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य तथा संस्थाको प्रगति प्रतिवेदन उपाध्यक्ष सिता भट्टराईले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको संचालन सचिव भुवन पराजुलीले गरेकी थिइन् ।

Post a Comment

 
Top