
नेपाल टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेज, पोखराद्वारा बाढीपीडितका लागि राहत रकम प्रदान गरिएको छ । कलेज द्वारा आयोजित फुड फेस्टिवलमा संकलित रकम एवं कलेजका वि.वि.ए, वि.वि.ए–वि आई, वि.एच.एम र प्लस टु मा अध्ययनरत विद्यार्थीहरुको तर्फवाट संकलित गरिएको रु दश हजार पाँचसय पाँच रुपैया कलेजका प्रिन्सिपल जस बहादुर गुरुङद्वारा नेपाल रेडक्रस सोसाईटी, कास्की शाखाका सभापति वामदेव ढुङ्गानालाई एक कार्यक्रमका वीच प्रदान गरियो । रकम हस्तान्तरण पछि कलेजका विद्यार्थीहरुलाई सम्वोधन गर्दै ढुङ्गानाले कलेजले वाढीपीडितका लागि राहत संकलनमा देखाएको चासोप्रति कृतज्ञता ज्ञापन गरे े। उनले संकलित रकम पिडितहरुको राहतका लागि पुर्याउने प्रतिवद्घता व्यक्त गरे । सोही अवसरमा सभापति ढुङ्गानाले कलेजका विद्यार्थी तथा शिक्षकहरुका माझ रेडक्रसको स्थापना, उद्देश्य एवं कार्यक्षेत्रको वारेमा प्रकाश पारेका थिए ।
Post a Comment