0
उच्च शिक्षाको लागि अष्ट्रेलिया जानेहरुलाई लक्षित गर्दै पोखरामा ‘एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज’ संचालनमा आएको छ । करिब एक वर्ष अगाडि देखि नै अनौपचारिक रुपमा संचालित कन्सल्टेन्सी विहिबारदेखि औपचारिक रुपमा शुरु भएको हो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले कन्सल्टेन्सीको उद्घाटन गरे । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सी काठमाण्डौ, बुटवल र चितवन पछि पोखरामा संचालनमा आएको हो । कन्सल्टेन्सीले विद्यार्थीहरुलाई अध्ययन भिसासँगै घुम्न जानेहरुको लागि पर्यटन भिसा र बसाँईसराई भिसाको लागि पनि काम गर्ने निर्देशक रमेशकुमार थापाले जानकारी दिए ।
करिब एक वर्ष ‘ट्रायल’मा संचालन भएको कन्सल्टेन्सीले हालसम्म ४० जना विद्यार्थी भिसा, ६५ जनालाई पर्यटन भिसा र ३ जनालाई बसाँईसराई भिसा उपलब्ध गराईसकेको थापाले बताए । मल्टिनेशनल कम्पनी ‘एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज’ अष्ट्रेलियाको ३ वटा शहरबाट काम गर्दै आएको छ । कम्पनीले अन्य मुुलुकमा समेत शाखा विस्तार गर्ने तयारी गरिरहेको उद्घाटनको क्रममा जानकारी दिईयो । विद्यार्थीहरुको लागि अष्ट्रेलियामा उत्कृष्ट यूनिभर्सिटीहरु मा अध्ययनको व्यवस्था मिलाईने समेत कन्सल्टेन्सीले दाबी गरेको छ । विहिबार भएको उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले कन्सल्टेन्सीको सफलताको शुभकामना दिए ।
उनले चाँडै नै उद्योग वाणिज्य संघको विधान संशोधन गरि सेवाप्रदायक संस्थाहरुलाई पनि संघमा समेट्ने आफ्नो योजना रहेको सुनाए । कन्सल्टेन्सी लगाएत उत्पादन नभएका अन्य संस्थाहरु पनि संघमा यसरी समेटिने उनले सुनाए । ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले कन्सल्टेन्सी पूर्ण रुपमा सेवा प्रदायक व्यवसाय भएको उल्लेख गर्दै उद्योग वाणिज्य संघ र सरकारीतर्फबाट यसलाई पनि सम्बोधन हुनुपर्ने बताए । सेवा प्रदान पनि पछिल्लो समय उद्योगको रुपमा विकसित हुँदै गएकोले चाँडै नै यसबारे निर्णय लिनुपर्नेमा उनको जोड थियो ।


Post a Comment

 
Top