0
महिला क्लव पोखराको आयोजनामा विजयादशमी तथा शुभ दीपावलीको अवसरमा खाद्यन्न वितरण, बाढीपीडितलाई आर्थिक सहयोग हस्तान्तरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि संविधान सभा सदस्य विन्दा रानामगरले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने बताए । कार्यक्रममा नेपाली कांग्रेस पोखरा उपमहानर कार्यसमितिका सभापति विष्णुहरि बरालले यस्ता कार्यक्रममा आफ्नो पार्टीको पनि पूर्ण समर्थन रहने बताए । कार्यक्रममा नेकपा एमाले नगर कमिटि अध्यक्ष तेजनारायण अधिकारीले महिला क्लवले छोटो समयमा धेरै कार्यक्रम गरेको भन्दै खुलेर प्रशंसा गरे । कार्यक्रममा आकुराका अध्यक्ष लक्ष्मी अधिकारीले दशैको मुखैमा आएर खाद्यन्य हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरिन् । क्लवका अध्यक्ष विष्णु पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शुश्मा पौडेल, नेपाली काग्रेस क्षेत्र नं. ३ का सभापति शोभाचन्द्र बराल, नेपाल किसान संघ जिल्ला कार्यसमिति सभापति भेषराज पराजुली, नेपाल रेडक्रस सोसाइटी जिल्ला उपसभापति दण्डराज शर्मा, श्री कृष्ण माविका प्रध्यानाध्यापक केदारनाथ अधिकारी, नेकपा एमाले वडा अध्यक्ष पुरुषोत्तम रेग्मी, मासबार आमा समूहका अध्यक्ष टीका अधिकारी, महिला विकासका लागि आमा समुहका उपाध्यक्ष छत्रकुमारी बराल, सल्लाहकार शशिकला बराल, सविता बराल, राममोहन आचार्य लगायतले बोलेका थिए ।
संस्थाका सचिव कमला खनालले संचालन गरेकी थिइन । कार्यक्रमको बारे जानकारी अध्यक्ष विष्णु पराजुली र स्वागत संस्थाका उपाध्यक्ष मिना आर्चाय गरेकी थिइन । कार्यक्रमको समापन सस्थाका सदस्य दुर्गा अधिकारीले गरेकी थिइन । कार्यक्रममा देशका विभिन्न ठाउँमा बाढी पहिरोले पीडित भएकाहरुलाई हस्तान्तरण गर्ने गरी नेपाल रेडक्रस सोसाइटीका जिल्ला उपसभापति दण्डराज शर्मालाई नगद रु. ५ हजार ५ रुपैयाँ प्रदान गरिएको थियोे ।

Post a Comment

 
Top