0
महिला मानवअधिकार रक्षक सञ्जाल र महिला अधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले पोखरामा हालै भएको महिलामाथि भएको सामूहिक बलात्कार घटनाको विरोध गरेका छन् । सोमबार प्रेस विज्ञप्ति जारी गरी पोखराको कार्कीडाँडामा एक महिलालाई सामूहिकरुपमा गरिएको बलात्कार घटनामा संलग्न पीडकलाई पक्राउ गरी अनुसन्धान र कारवाही गरी पीडितलाई सुरक्षासहितको न्यायको लागि जोडदार माग गरेको हो ।
दुधे बालबालिका देखि सय वर्षमाथिका बृद्धासमेत बलात्कार जस्तो जघन्य अपराधको शिकार बन्नुपर्ने अवस्थाले पीडाबोध भएको भन्दै यसले सुरक्षित महसुस गर्न नसकिएको विज्ञप्तिमा उल्लेख छ । “यसमा थप पीडा जाहेरी दरखास्त दर्ता भएपछि पीडक र पीडकका आफन्तबाट पीडितहरु लाई दिने दबाब, डरत्रास र आर्थिक प्रलोभनका कारण पीडितहरुले आफूलाई सुरक्षित महसुस गर्न सकेका छैनन जसले गर्दा पीडित र पीडितका साक्षीहरु अदालत समक्ष गएर फरक बकपत्र दिने प्रचलन बृद्धि हुदै गएकाले पीडकले उन्मुक्ति पाई दण्डहिनताले प्रश्रय पाएको छ” विज्ञप्तिमा उल्लेख छ । महिलामाथि हुने गरेका विभिन्न प्रकृतिका हिंसालाई न्यूनिकरण गर्नु हामी सबैको दाियत्व हो भन्दै यस्ता असाध्यै पीडादायक बलात्कारका घटनाको अन्त्य गर्दै महिलाहरुले सम्मानपूर्वक बाँच्न पाउने वातावरणको निर्माणका लागि नेपाल सरकार र यस संग सम्वद्ध निकायप्रति सञ्जालले माग गरेको छ । संयुक्तरुमा विज्ञप्ति जारी गर्नेहरुमा महिला मानव अधिकार रक्षक सन्जाल, कास्कीबाट अध्यक्ष सरलाकुमारी पाण्डे, कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) की संयोजक शोभादेवी पौडेल, कोपिला नेपालका निर्देशक विना शिलवाल, इन्सेकका का. संयोजक शवनम शर्मा, संविधान सूचना केन्द्रका प्रमुख जुनाकुमारी गुरुङ, मानवअधिकार एलायन्सका सचिव जानकी शर्मा, महिला कानुन व्यवसायी मञ्चकी सचिव सरिता थापा, बाल तथा महिला सशाक्तिकरण समाज नेपालका अध्यक्ष इन्द्रकुमारी शर्मा, मानव विकास मञ्चका अध्यक्ष शुष्मा पौडेल, इवाजका अध्यक्ष सुनिता बस्नेत, चेली नेपालका पवित्रा थापा र  मनोसामाजिक मनोविशर्म फोरमका अध्यक्ष जमुना शर्मा छन् ।

Post a Comment

 
Top