0
समवृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–८, सिर्जनाचोकको सातौं वार्षिक साधारणभा एवं तेस्रोृ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले लक्ष्मण कोइरालालाई अध्यक्षमा चयन गरेको छ । कोइराला यसअघि बुद्धिसागर खनाल नेतृत्वको कार्यसमितिमा कोषाध्यक्ष रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए । सहकारीको उपाध्यक्षमा गजेन्द्रमान श्रेष्ठ, सचिवमा विष्णुप्रसाद सुवेदी, कोषाध्यक्षमा मित्रराज बरालका साथै सदस्यहरुमा रत्ना गुरुङ, गणेशप्रसाद कोइराला र देवेन्द्रराज लम्साल रहेका छन् भने प्रेमप्रसाद पौडेल शिक्षा संयोजक, कृष्ण पराजुली लेखा संयोजक र भरतराज आचार्य ऋण समिति संयोजक रहेका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै सहकारीका शेयर सदस्य समेत रहेका संविधानसभा सदस्य एवं एमाले युवा नेता रविन्द्र अधिकारीले देशको अर्थतन्त्र मजबूद बनाउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको भएपनि सरकारले सहकारीको बेवास्ता गरेको आरोप लगाए । समवृद्धि सहकारीले जनताको समवृद्धिका लागि काम गर्न आग्रह गर्दै सभासद अधिकारीले सहकारीले उद्यम विकासमा समवृद्धि सहकारीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।
त्यस अवसरमा जिल्ला सहकारी संघ कास्कीका सदस्य तेजनारायण अधिकारीले देशको अर्थतन्त्र र जनताको आर्थिक संवृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेकाले सरकारले सहकारी मैत्री नीति ल्याउनुपर्नेमा जोड दिए । सहकारकिा अध्यक्ष बुद्धिसागर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य रत्ना गुरुङले स्वागत मन्तव्य राखेकी थिइन भने कार्यक्रम संचालन सचिव ज्ञाज शर्माले गरेका थिए ।
सभामा सहकारकिा अध्यक्ष बुद्धसागर खनालले अध्यक्षको प्रतिवेदन पेश गर्दै सहकारीको माध्यमबाट भावनात्मक रुपमा थरि–थरि फूललाई एकीकृत गरि एउटै माला बनाउने सहकारीको उद्देश्य रहेको बताए । उनले ३० हजार सहकारीको संजालभित्र १८ प्रतिशत नेपाली अर्थात ४६ लाख सदस्य रहेको र १३७ अर्व लगानी सहकारीमार्फत भएको जानकारी दिए । त्यस अवसरमा लेखा संयोजक शिवकुमार पौडेलले लेखा प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मीप्रसाद कोइरालाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत तीन वटै प्रतिवेदनलाई केही सुझाव सहित पारित गरिएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष कोइरालाले सहकारीमा हाल २६१ जना सदस्य रहेको र संस्थाको कूल पुँजी दुई करोड १० लाख चार हजार पाँच सय रुपैयाँ र दुई करोड ७१ लाख ४ हजार नौसय भन्दा बढी रुपैयाँ लगानी भएको जानकारी दिए । उनले आर्थिक वर्ष २०७०÷७१ मा संस्थाले तीन लाख ४० हजार ७९ रुपैयाँ खूद नाफा गर्न सफल भएको समेत जानकारी दिए ।
कार्यक्रममा शेयर सदस्य विजया गौतम, सदस्य शोभाकान्त पौडेल, सल्लाहकार संयोजक ईश्वरप्रसाद सुवेदीले शुभकामना मन्तव्य राखेका थिए भने रामजी जिसी, वसन्ती परियार, मुक्तिनाथ चालिसे, हरि लम्साल लगायतले साधारणभामा प्रस्तुत प्रतिवेदन माथि जिज्ञासा राखेका थिए ।
कार्यक्रममा संस्थामा आवद्ध सदस्यका छोरा–छोरीहरु २०७० को एसएलसी परीक्षामा उत्तीर्ण हुन सफल आस्था पौडेल, प्रमोद गुरुङ, शैवा पौडेल, गरिमा बराल, लक्ष्मी बराल, नशिव अधिकारी, शुष्मा क्षेत्री, सुन्दर पराजुली, स्वस्तिका बराल, अञ्जना बगाले, प्रियंका भण्डारी र अञ्जना पहारीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट बचत कर्ता शालिकराम पराजुलीलाई समेत सम्मान गरिएको थियो । उनीहरुलाई नगद पुरस्कार, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । यसका साथै ज्येष्ठ नागरिक विष्णुमाया सापकोटा, शिवलाल पौडेल, रेवा कुमारी पराजुली, द्रौपदी चापागाइँ, श्रीकला अधिकारी, नन्द सुवेदी र कविता खनाललाई सम्मानपत्र, दोसल्लाले सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरुलाई सभासद रविन्द्र अधिकारीले सम्मान गरेका थिए । त्यस अवसरमा संस्थाका अध्यक्ष खनालले सभासद अधिकारीलाई समेत सम्मानपत्र, दोसल्लाले सम्मान गरेका थिए । ज्येष्ठ नागरिक सम्मानप्रति केही सदस्यहरुले आफ्ना अभिभावकलाई समेट्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्दै नेतृत्वका्े आलोचना गरेका थिए ।

Post a Comment

 
Top