
शनिवार सम्पन्न छात्रा तर्फको सेमिफाइनल खेलमा लिटिल स्टेपले ज्ञानज्योती विद्याकुञ्जलाई ३–२ ले र माउन्ट अन्नपुर्णले मनकामनालाई ६–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन ।
यस अघि छात्रा तर्फको सम्पन्न क्वाटरखेलमा ज्ञान ज्योती विद्याकुञ्जले पोखरा एकाडेमीलाई ३–० ले माउन्ट अन्नपुर्ण उच्च मावीले पोखरा लर्नस एकाडेमीलाई १०–० ले , लिटिल स्टेप उमावीले एसओएस वाल ग्राम लाई ७–० ले, मनकामनाले वेल नोन एकाडेमीलाई ५–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।
सम्पन्न छात्र तर्फको सेमिफाइनल खेलमा. लिटिल स्टेपले मनकामनालाई १०–०६ र माउन्ट अन्नपूर्णले टाइव्रेकरमा सरस्वती आवाशिय लाई ८–७ गोल अन्तरले हराउँदै लिटिल स्टेप र माउन्ट अन्नपुर्णले फाइनलमा आफ्नो भिडन्त पक्का गरेका छन
शनिवार सम्पन्न छात्र तर्फको क्वाटर फाइनलमा लिटिल स्टेपले कास्की मोर्डनाइज्डलाई १७–१४ ले, मनकामनाले ज्ञानज्योती विद्याकुञ्जलाई १५–५ ले माउन्ट अन्नपूर्णले सैनिक आवाशिय उमावी लाई ९–८ ले, सरस्वती आवाशियले अल्फा एकाडेमीलाइ ६–३ गोल अन्तरले हराउँदै सेमीफाइनलमा प्रवेश गरेका थिए । आइतवार दुवै छात्र र छात्रा तर्फका फाइनल खेलहरु सम्पन्न हुने कास्की जिल्ला विद्यालय ह्याण्डवल संघका सचिव खिम गुरुङ्गले बताएका छन् ।
Post a Comment